विद्यालय शान्ति क्षेत्र हुन विषयक संवाद कार्यक्रममा विद्यालयमा राजनितिले पढाई कमजोर

विद्यालय शान्ति क्षेत्र हुन विषयक संवाद कार्यक्रममा विद्यालयमा राजनितिले पढाई कमजोर

ज्वाला सन्देश समचारदाता
दैलेख, असोज ६ – विद्यालयमा शिक्षकदेखी राजनितिक दल र दलका विद्यार्थी संगठनहरुले समय–समयमा गर्ने कार्यक्रमदेखी बन्दसम्मले पढाई कमजोर भएको विद्यालय शान्ति क्षेत्र हुन भन्ने संवाद कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । जिल्ला शिक्षा कार्यालयले शिक्षा सम्वन्धी सरोकारवालाहरुसंग भएको विद्यालय शान्ति क्षेत्र विषयक कार्यक्रममा भेला भएका विद्यार्थीहरुले विद्यालयमा गरिने राजनितिका कारण आफ्नो पढाई अधुरै हुने गरेकाले कमजोर भएको बताएका हुन् ।

गुनासो राख्दै पुजा शाही ।
गुनासो राख्दै पुजा शाही ।
पढाईप्रति गुनासो राख्दै एक विद्यार्थी
पढाईप्रति गुनासो राख्दै एक विद्यार्थी

विद्यालयकै बालबालिकालाई प्रयोग गरेर राजनितिक गर्न विद्यार्थी नेताहरुले उस्काएका कारण पढाईमा कम ध्यान दिईने तथा पढाई थोरै दिन हुने गरेकाले आफुहरुको पढाई कमजोर भएको कुसापानी गाविसस्थित आर्दश उमाविमा १० कक्षामा पढ्दै गरेका विद्यार्थी जिवन सुनारले बताए । शुक्रवार अतिरिक्त क्रियाकलापका नाममा न क्रियाकलाप हुने न पढाई नै हुने गरेकाले पढाईमा असर परेको जम्वुकाँध गाविसको हिमालय उमाविमा अध्यन्तर पुजा शाहीले बताईन्् । उनले भनिन् łबन्दले प्रभाव पारिरहेका बेला विद्यालयमा आएका शिक्षकले समेत पढाईमा चासो नदिएकाले कमजोर पढाई भयो ।’
दैलेखमा कुनै कुनै विद्यालयमा शिक्षकहरुले नै विद्यार्थीसंग बसेर रक्सी खाने, तास खेल्ने, विद्यार्थीलाई नै बालविवाह गर्ने गरेको विद्यार्थी नेता लक्ष्मी रेग्मीले आरोप लगाए । राम्रो पढाई हुने विद्यालय र नहुने विद्यालयको मुल्याकन नहुँदा शिक्षा क्षेत्र दिनप्रतिदिन बदनाम हुँदै गईरहेको रेग्मीले बताए । वर्षमा कम्तिमा २ सय २० दिन पढाई हुनुपर्ने भएपनि धेरै विद्यालयमा पढाई नहुँने गरेको अभिभावकहरुले बताए ।
विभिन्न समस्याका कारणले विद्यालय बन्द हुने गरे शिक्षक नेता खगेन्द्र श्रेष्ठले बताए । łवर्खामा पानीले र हिउँदमा चिसोका कारण विद्यालय बन्द हुन्छ ।’ उनले भने, कहिले कस्को बन्द कहिले कस्को गरेर वर्षमा ३ देखी बढीमा ४ महिना विद्यालयमा पढाई हुने गर्दछ । शिक्षक बढी तालिममा जाँदा पुरै विषय पढाई नहुने गरेकाले पढाई कमजोर हुने गरेको शिक्षक नेता श्रेष्ठले स्विकार गरे । शिक्षा पत्रकार समुहको समन्वय, सेभ द चिल्ड्ेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहयोगमा जिल्ला शिक्षा कार्यालय दैलेखले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, कार्यक्रमको अध्यक्षता स्थानीय विकास अधिकारी हरि प्याकुरेल र कार्यक्रम संचालन निमित जिल्ला शिक्षा अधिकारी हेम कुमार ढकालले गर्नु भएको थियो भने विद्यार्थी नेताहरु, शिक्षकहरु, अभिभावकहरु, विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतिक्रिया