शिक्षा सुधार्न कार्ययोजना तयार

शिक्षा सुधार्न कार्ययोजना तयार

ज्वाला सन्देश समचारदाता
दैलेख, असोज ११ – साविक पादुका गाविसमा समुदाय शिक्षा प्राप्ताङ्क बोर्ड कार्यक्रम मार्फत विद्यालयमा शिक्षाको कमजोरी सुचकहरु पत्ता लगाई पछिल्ला दिनहरुमा सुधारका लागि २ दिने अन्र्तक्रिया भएको छ । नवदुर्गा निम्न माध्यमिक विद्यालयमा भएको कार्यक्रममा सरोकारवालाविच पढाईमा भएको कमजोरी केलाएर सुधारका लागि वृहत रुपमा छलफल गरिएको हो ।

शिक्षा सुधारका लागि तयार भएको कार्ययोजनालाई कार्यान्वय गर्ने प्रतिवद्धता राख्दै एक सहभागि

शिक्षा सुधारका लागि तयार भएको कार्ययोजनालाई कार्यान्वय गर्ने प्रतिवद्धता राख्दै एक सहभागि कार्यक्रममा सहभागी विद्यालयका प्रधानअध्यापक, विद्यालय ब्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, बाल क्लव, अभिभावक, स्रोत ब्यक्तिहरुविच उक्त अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा पादुका क्षेत्रका ८ विद्यालय सहभागी भएका थिए । अन्र्तक्रिया कार्यक्रमको सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत उपेन्द्र भण्डारीले सहजीकरण गरेका थिए । शिक्षा क्षेत्रमा सेवा प्रदायक र सेवाग्राही विच भएको अन्र्तक्रियामा सहभागीहरुले उत्साहजनक सहभागी भई शिक्षाका कमजोर सूचकहरु पत्ता लगाइ भावि सुधारका क्रियाकलापहरु छनौट समेत गरेका थिए । शिक्षा क्षेत्रका सरोकारवालाहरुले बर्तमान शिक्षाको अवस्थाको आफै मूल्याकन गरी कमजोरीहरु औल्याउदै भावी दिनमा सुधारका लागि बुंदागत रुपमा कार्ययोजना तयार पारेका थिए ।
उक्त कार्यक्रममा सेवा प्रदायक र सेवा ग्राही विच अन्र्तक्रिया गरि शिक्षाका वर्तमान कमजोर सूचकहरु छनौट गरिएको थियो । छनौट भएका उक्त सूचकहरुलाइ अति कमजोर, कमजोर, सामान्य, राम्रो र अति राम्रो गरि विभिन्न वर्गमा विभाजन गरिएको थियो । विभाजन वर्गमा राख्नुुको ३ कारणहरुको जानकारी समेत दिइएको थियो । ती सूचकहरुको आगामी प्रगतिको लक्ष्य पनि निर्धारण गरियो । प्रगतीको लक्ष्य प्राप्त गर्नको लागि हरेक सूचकको लागि ३ वटा क्रियाकलापहरु पनि निर्धारण गरिएको कार्यक्रम अधिकृत उपेन्द्र भण्डारीले बताए ।

दैलेख जिल्लाका १० वटा गाविसमा यसै गरि सरोकारवालासंगको छलफल र अन्तरक्रिया गरि गुणस्तरियताको लागि शिक्षा सुधार कार्ययोजना वनाउन सहयोग गर्ने कार्यक्रम रहेको सोसेक दैलेखका कार्यकारी निर्देशक डम्वर वहादुर कार्कीले वताउनु भयो । सो कार्यक्रम सेभ द चिल्ड्ेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित एकिकृत परियोजनाद्धारा गरिएको थियो ।

प्रतिक्रिया