łभुषको लोग्ने’ फिल्म विमोचन

łभुषको लोग्ने’ फिल्म विमोचन

ज्वाला सन्देश समचारदाता
दैलेख, असोज ११ – पारिवारिक कथालाई आधार बनाईएको फिल्म भुषको लोग्ने नामक फिल्म दैलेख सदरमुकाममा विमोचनसंगै प्रदर्शन गरिएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिर र जिविसका योजना तथा प्रशासन अधिकृत यामनारायण गौलीले संयूक्त रुपमा उक्त फिल्मको विमोचन गरेका हुन् ।

भुषको लोग्ने फिल्मको विमोचन गर्दै ।
भुषको लोग्ने फिल्मको विमोचन गर्दै ।

विशेषगरी महिलाहरुले श्रीमानबाट पाउने दुखलाई केन्द्रित गरेर बनाईएको फिल्म गैरसरकारी संस्था मार्फत गाँउगाँउमा प्रर्दशन समेत गरिने जनाईएको छ । विवाहपछि श्रीमतीलाई दिईने दुखलाई फिल्ममा उतारिएको छ । दैलेख सदरमुकाममा भएको प्रर्दशनमा कार्यालय प्रमुखहरु, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवाहरुले हेरेका थिए । फिल्ममा प्रजनन स्वास्थ्य अधिकारका बारेमा महिलाहरुले पाएको दुखलाई देखाईएको छ । फिल्मले चेतनास्तर उस्कन नसकेका ग्रामीण बस्तीका महिलाहरुलाई निकै ठुलो सहयोग पु¥याउने सविता विश्वकर्माले बताईन् ।

प्रतिक्रिया