जगन्नाथमा दशौं हजार तिर्थालु

जगन्नाथमा दशौं हजार तिर्थालु

गोविन्द केसी
महावु (दैलेख), भाद्र १२ – जनौपूर्णिमाको अघिल्लो दिन दैलेखको अग्लो भाग महावुमा जगन्नाथको दर्शनका लागि दशौं हजार तिर्थालुहरु पुगेका छन् । नाक ठोक्किने दर्जन भिरहरु काटेर तिर्थालुहरु महावु जगन्नाथको पुजाआर्जाका लागि पुगेका हुन् ।

 भिरको जोखीमपूर्ण साँगुरो बाटामो तिर्थालुहरुको भिड् ।
भिरको जोखीमपूर्ण साँगुरो बाटामो तिर्थालुहरुको भिड् ।
 भिरको जोखीमपूर्ण साँगुरो बाटामो तिर्थालुहरुको भिड् ।
भिरको जोखीमपूर्ण साँगुरो बाटामो तिर्थालुहरुको भिड् ।
महावु जगन्नाथमा दर्शन गर्दै तिर्थालु
महावु जगन्नाथमा दर्शन गर्दै तिर्थालु
 भिरको जोखीमपूर्ण साँगुरो बाटामो तिर्थालुहरुको भिड् ।
भिरको जोखीमपूर्ण साँगुरो बाटामो तिर्थालुहरुको भिड् ।

१६ घण्टा पैदलमा तिर्थालुहरु कष्टकर यात्रा भरी जाने गरको हुन् । महावु जगन्नाथ पुगेपछि मानसरोवरजतिकै महत्व रहेकाले धार्मीक यात्रका लागि तिर्थालुहरुको घुईचो लाग्ने गरेको महावु विकास संरक्षण तथा प्रवर्धन समितिका अध्यक्ष सावित्री रेग्मीले बताईन् । विशेष गरी दैलेख र कालिकोटका तिर्थालुहरु बढी आउने गरेका छन् । तर, भारत र देशभरबाट पनि दर्शनका लागि तिर्थालुहरु आउने गर्दछन् । वर्षको एक पटक गरिने शिव लिङ्गको पुजा गरे मनले सोचेको पुरा हुने धार्मीक विश्वासका कारण कष्टकर यात्रा गरेर भक्तजनहरु पुग्ने गरेका हुन् ।
शिवलिङ्ग पुजा र बर माग्नका लागि तिर्थालुहरु भिन्दाभिन्दै ठाँउमा जाने गर्दछन् । शिव लिंक नजिक महिलाहरु जान नहुँने पुरोनो कथनका कारण महिलाहरु तल, बर माग्न लामो लाईनमा बस्ने गर्दछन् । विशेषत महिलाहरु लाईनमा बस्ने र शिवको पुजा गरेर फर्केकाहरुले उनीहरुलाई फुल दिएर मनले चिताएको पुरा होस् भनेर बर दिने चलन सदियौंदेखी चलिआएको छ । शिवको पुजा गरेकाले बर दिए लाग्ने विश्वास छ । दैलेख हुँदै जाने भक्तजनहरु एक रात बालुवाटार गाविसस्थित उनपाटामा बास बसेर विहान ३ घण्टाको उकालोपछि महावुलेकस्थित शिवलिङ्गको पुजा र दर्शनका लागि पुगिन्छ ।
यस पटक तिर्थ यात्रीका सहजका लागि आधा बाटोसम्म जिल्ला विकास समितिले सडक मर्मत गरेको छ । महावु जगन्नाथमा हजारौं भक्तजनहरु चिसो अप्ठयारो बाटोको कुनै प्रवाह नगरी पुजाआरधना गरेर फर्कने गर्दछन् ।

प्रतिक्रिया