द्धन्द्धपीडितका कागज नभेटिने गुनासो

द्धन्द्धपीडितका कागज नभेटिने गुनासो

ज्ज्वाला सन्देश समचारदाता

दैलेख, भाद्र १९ – द्धन्द्धपीडितका काजगपत्रहरु खोज्दा नभेटिने गरेको गुनासो एक कार्यक्रममा महिलाअधिकारकर्मीहरुले गुनासो गरेका छन् । सदरमुकाममा द्धन्द्धपीडित महिलाको सवाल विषय अन्र्तक्रियामा अधिकारकर्मीहरुले सम्वन्धित कार्यालयमा खोज्दा कागजपत्र नभेटिने गरेको गुनासो गरेका हुन् । IMG_1582स्थानीय शान्ति समितिमा द्धन्द्ध पीडितका कागजपत्रहरु नभेटिने गरेकाले धेरै द्धन्द्धपीडितले दुख पाउने गरेको महिला अधिकारकर्मी रमा श्रेष्ठले बताईन् । मुसाले खाएकाले धेरै द्धन्द्धपीडितको कागजहरु हराउने गरेको उनले बताईन् । द्धन्द्धपीडित महिलाहरु अवस्थाबारे नागरिक आवाजले गरेको कार्यक्रममा अधिकाँशले दयनिय अवस्था रहेको बताए । दैलेख द्धन्द्धपीडित महिला तथा पुरुषको एकिन विवरण नै नभएको सरोकारवालाहरुले बताए । महिला अधिकारकर्मी सुधा कोईरालाले द्धन्द्धपीडित महिलाहरुलाई ब्यतित्व विकास र क्षमता विकास गर्नुपर्ने बताईन् ।

प्रतिक्रिया