पश्चिमका कृषक तरकारी खेतीमा

पश्चिमका कृषक तरकारी खेतीमा

महेन्द्र सापकोटा

दैलेख १९ भदौ –पश्चिम दैलेखका कृषकहरु पछिल्लो समयमा तरकारी खेतीमा सक्रिय हुन थालेका छन् । वर्षे सिजनवाहेक अन्य सिजनमा तरकारी खेती नगर्ने त्यहाँका कृषकहरु अहिले बाह्रै महिना तराकारी खेती गरी राम्रो अम्दानी गर्न थालेका छन् । पहिला आफ्नो घरमा पनि खान नपुग्ने तरकारी अहिले घरको लागी छुट्याएर विक्रि समेत गर्न थालेका छन् राकमका अधिकांश कृषकहरु ।

तरकारी खेति
तरकारी खेति
प्लाष्टिक  घर भित्र तरकारी खेति
प्लाष्टिक घर भित्र तरकारी खेति
तरकारी खेति
तरकारी खेति

विगतका वर्षहरुमा गाउँ घरहरुका आगन देखि वारीमा समेत तमाखु राप्ने कृषकहरु अहिले त्यसको सट्टा तरकारी खेती गर्न थालेका छन् । संस्थाले जनचेतनामूलक क्रियाकलापहरु संचालन गर्न थालेपछि राकमकर्णाली अधिकांश स्थानीयहरुले तमाखु लगाउने ठाउँमा तरकारी खेती गर्न थालेका छन् । विशेष गरी नगदे बालीको रुपमा राम्रो उब्जनीहुने क्षेत्र मानिएको उक्त गाबिसमाधान मकै, आलु, गहुं, बेमौसमी तरकारी, बेसार, अदुवा जस्ता बालीवाट राम्रो आम्दानी हुनृ गर्दछ । स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रम संचालन भएपछि विस्तारै स्थानीयहरु तरकारी खेती तर्फ उन्मुख हुदै गएका छन् । राकम ६ मा म्ऋब्रक्ष्ऋऋइरीध्ँ नेपाल तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा उत्थानशिल जिविकोपार्जन तथादिगो खाद्य सुरक्षा परियोजना लागू भएपछि त्यस क्षेत्रका स्थानीय कृषकहरुमा आम्दानीको स्रोत खोज्ने वानीको विकास हुदै गएको हो । उक्त वडाका घरधुरीहरुलाई दुइ समूहमा(जनचेतना रनवसेरा)विभाजन गरी परियोजनाका क्रियाकलापहरु संचालन गरेपछि त्यहाका कृषकहरु तरकारीखेती प्रति आर्कषित भएका हुन् । राकमकर्णालीमा परियोजनैबाट विभिन्न चेतनामूलक प्रचारप्रसार तथा तालिमहरुको आयोजना गरेपछि स्थानीयहरुमा तरकारी खेती गर्नु पर्छ भन्ने चेतना जागेको समुहकी अध्यक्ष नौरता माझिले बताइन् । संस्थाले तरकारी खेती सम्बन्धि तालिम दिए लगत्तै अधिकांश कृषकहरु व्यवसायिक रुपमा तरकारी खेतीमा लागेको नवसेरा समूहकी अध्यक्ष तारी वि.क ले बताइन् । परियोजनाबाट राकमकर्णाली र पिपलकोटगाविसका ३० कृषकहरुलाई ५ दिने अर्ध÷व्यवसायिक तरकारी खेती तालिम तथा विउ विजन वितरण गरिएको सामाजिक सेवा केन्द्र सोसेक दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । तरकारी खेतिगर्ने कृषकहरुलाई नियमितप्राविधिक सहयोग तथा समयमै आवश्यकप्राविधिक सेवाउपलब्धताको व्यवस्थाभएकोले छोटो समयमै तरकारी खेतीले राम्रो उत्पादन हुदै गएको अध्यक्ष माझिले बताइन् ।

प्रतिक्रिया