महिला संञ्जाल नेतृत्वमा चुनाव

महिला संञ्जाल नेतृत्वमा चुनाव

ज्वाला सन्देश समचारदाता

दैलेख, भाद्र १९ – बाँसी गाविस स्तरिय महिला संञ्चालको नेतृत्व चयनमा शनिवार चुनाव भएको छ । समाजिक सेवाका लागि गठन गरिने संञ्जालमा ९ वडाबाट आएको प्रतिनिधिहरुले गाविस स्तरिय संञ्जालको नेतृत्व छानेका हुन् ।

महिला संजाल वासीको नया कार्य समिति
महिला संजाल वासीको नया कार्य समिति
महिला संजाल वासीको नया कार्य समिति सपथ लिदै
महिला संजाल वासीको नया कार्य समिति सपथ लिदै

सञ्जालको अध्यक्षमा शान्ता बुढा र शिला मल्ल चुनामै उत्रिएका थिए । ९ वडाबाट आएका प्रतिनिधिहरुले भोटिङ मार्फत नेतृत्व छानेका थिए । जसमा शान्ता बुढाले १० मत ल्याई अध्यक्षमा निर्वाचित भईन् । उनीकी प्रतिद्धन्दी शिला मल्लले ६ मत ल्याई पराजित हुनु प¥यो । १ मत बदर भएको जनाईएको छ । अध्यक्षको लागि १७ मत खसेको थियो । गाविसभरीका १२ वटा समुहबाट मार्फत नेतृत्व चयनका लागि भाग लिएका थिए ।
त्यस्तै निर्विरोध निर्वाचित हुनेहरुमा उपाध्यक्ष पूनम नेपाली, सचिव गिता बुढा, कोषाध्यक्ष विष्ण सुनार, सहसचिव चन्द्राकुमारी नेपाली, सदस्यहरुमा मागीसरा नेपाली, पदमकला भण्डारी, नन्दा पोखरेल, चन्द्रा नेपाली, शिला मल्ल, जुना विष्ट, अविसरा सुनार, भुवानसरा वडुवाल सहित १३ जनाको नयाँ कार्यसमिति चयन गरिएको छ । आमा समुह र सामुदायिक संस्थाहरुको प्रतिनिधीको सहभागीता गाविस स्तरमा महिला संञ्जालमा हुने गर्दछ । समुहमा आर्यआर्जनका कार्यक्रम संचालन गर्ने र गाविस स्तरमा महिलाका विषयमा वकालत गर्ने, महिला हिंसा विरुद्धका गतिविधिहरु चलाउने लगायतका काम सञ्जालबाट हुने गर्दछ । आर्यआर्जन, नेतृत्व विकास तथा महिला शसक्तिकरणमा आफ्नो नेतृत्वमा निर्वाचित टिमले काम गर्ने अध्यक्ष शान्ता बुढाले बताईन् ।

प्रतिक्रिया