माथिल्लो कर्णाली परियोजना : पुनःस्थापना कार्ययोजना तयार

माथिल्लो कर्णाली परियोजना : पुनःस्थापना कार्ययोजना तयार

ज्वाला सन्देश संवादाता
दैलेख, असोज १६ – माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण कम्पनी भारतको जीएमआर इनर्जी लिमिटेडले माथिल्लो कर्णाली आयोजनाबाट प्रभावितलाई पुनःस्थापना र पुनर्बास कार्ययोजना तयार गरी सार्वजनिक गरेको छ । पीडिए भएसंगै सुरु भएको अध्यायनपछि पुनःस्थापना र पुनर्बासको कार्ययोजना तयार गरिएको हो ।

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ड्याम साईट
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ड्याम साईट

पीडिएपछि प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्बाससम्वन्धी स्वतन्त्र निकायबाट गरिएको अध्यायन निर्माण कम्पनी र लगानी बोर्डमा बुझाईएपछि कार्ययोजना सार्वजनिक गरिएको हो । कार्ययोजना तयार गरिएपछि बैंक तथा वित्तीय संस्थाहरुका निम्ति लगानीको बाटो खुल्लेछ । कार्ययोजनामा पुनर्बास कसरी गर्ने, जग्गाको मुआब्जा, रुख काट्ने, कति जनसंख्यालाई पुनःस्थापना गर्ने लगायत विस्तृत कुराहरु समावेश गरिएका छन् । लगानी बोर्डसंगको छलफलपछि मात्र कम्पनीले कार्ययोजनालाई कायान्वयन तहमा पु¥याउने जनाईएको छ । पुनःस्थापना र पुनर्बाससम्वन्धी कार्ययोजना आयोजना प्रभावित क्षेत्र स्थानीय र सांसदसंग छलफल समेत गरिएको छ ।
आयोजनाको कुल लागतको १ प्रतिशत रकम पुनःस्थापना, पुनर्बास, वातावरण र सामाजिक प्रभाव समधानमा खर्च गर्नेछ । कार्ययोजनाअनुसार आयोजनाबाट २ सय ३९ घरधुरी प्रभावित क्षेत्रका रहेकोमा ५६ घरधुरीलाई पुनःस्थापना गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ । आयोजनाबाट दैलेखमा ५, अछाममा ३ र सुर्खेतमा ३ गाविस प्रभावित हुने उल्लेख छ । आयोजनाले ४६ हेक्टर जमिन निजी र २ सय ३५ हेक्टर जमिन सार्वजनिक ओगट्नेछ । पीडिए अनुसार कम्पनीले २०१६ सम्म लगानी जुटाईसक्नुपर्नेछ । ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणका लागि १ खर्ब १६ अर्ब रुपैयाँ खर्च हुने विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले उल्लेख छ । कम्पनीले सन् २०२१ मा विद्युत् उत्पादन गरी ०४६ मा सरकारलाई आयोजना सञ्चालित अवस्थामा हस्तान्तरण गर्नेछ ।

प्रतिक्रिया