नेपालकै दैलेखको अखण्ड ज्वालादेखि चुरे बेल्टसम्म पेट्रोल पाइने दाबी

नेपालकै दैलेखको अखण्ड ज्वालादेखि चुरे बेल्टसम्म पेट्रोल पाइने दाबी

काठमाडौं । नेपालमा पेट्रोलको खानी छ कि छैन होला ? धेरै नेपालीको दिमागमा अहिले यस्तो प्रश्न उठिरहेको छ । यसबारे अध्येताहरु भन्छन्- नेपालभित्रै छ पेट्रोलियम पदार्थको खानी । तर, अनुसन्धान सकाएर उत्खनन् गर्न बाँकी छ ।दैलेख लगायत देशका विभिन्न ठाउँमा बलिरहेका ‘अखण्ड दीप’ पेट्रोलियम पदार्थ नै भएको भन्दै त्यहाँबाट ग्यास निस्किएको अनुसन्धानकर्ताहरुको तर्क छ । खानी तथा भूगर्भ विभाग भन्छ- ‘नेपालमा पेट्रोलियम पदार्थको सम्भावना प्रचुर छ ।’ dailekh_shreesthan_gas1नेपालको तराईको अधिकांश क्षेत्रबाट पेट्रेलियम पदार्थ उत्खनन् गर्न सकिने भनेर आजभन्दा झण्डै ३५ वर्ष अघि नै पत्ता लागेको हो । यसै विषयमा अध्ययन गर्न खानी विभागमा पेट्रोलियम अन्वेषण परियोजना पनि स्थापना गरिएको छ । तर, सरकारले परियोजनालाई सक्रिय गरेर पेट्रोल नेपालमै उत्खनन् गर्ने गरी त्यस्ता कुनै नतिजा दिने किसिमका कार्यक्रम अघि सारेको छैन ।
‘हामीले नेपालमा पेट्रोलियम पदार्थको सम्भावना भएका क्षेत्रहरु पहिचान गरेका छौं । तर, सयौं मिटर जमीनमुनि भएको पेट्रोलियम पदार्थ डि्रल गरेर भए/नभएको पुष्टि गर्न अझै सकेका छैनौं ।’ परियोजनाका प्रमुख तथा भूगर्भविद सोमनाथ सापकोटाले अनलाइनखबरसँग भने, ‘यसका लागि ठूलो बजेट आवश्यक पर्छ । अवौर्ं बजेट लगाउन न सरकार तयार भएको छ । न कुनै विदेशी कम्पनि नै अघि सरेका छन् ।’
अहिले दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । अन्य धेरै क्षेत्रमा पनि प्राकृतिक ग्यासहरु निस्किरहेका छन् । त्यसले नेपालको पेट्रोलियम सम्भावनालाई सतहमा नै ल्याएका छन् । दैलेख कै श्रीस्थानमा जमीन मुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ ।
अन्वेषणमा अहिलेसम्म के भए ?
परियोजनाले नेपालको चुरेभन्दा मुनिको सबै तराईको भू-भागबाट पेट्रोलियम पदार्थको उत्खनन् हुन सक्ने अनुमान गरेको छ । पेट्रोलियम बन्ने स्रोत पहाडी भू-भाग हो भने, चुरे सिल्ड क्षेत्रमा पर्छ ।

नेपालको तेल पाइने सम्भावित ओइली क्षेत्
नेपालको तेल पाइने सम्भावित ओइली क्षेत्

तराईबाट उत्खनन् गर्न सकिने भएकाले त्यसलाई रिर्जभ्वायरका रुपमा मानिएको छ । विभिन्न वैज्ञानिक आधारहरुलाई पछ्याएर विभागले पेट्रोलियमको सम्भावनालाई पुष्टी गर्ने गरी भौगर्भिक एक्स्-रे लगायत विभिन्न अध्ययन सकेको छ । त्यसैका आधारमा ती क्षेत्रमा पेट्रोलियम पदार्थ पाइने सम्भावनालाई विभागले बाहिर ल्याइसकेको छ ।
तिनै अध्ययनका आधारमा सम्भावित भू-भागलाई १० वटा ब्लकमा विभाजन गरिएको छ । ती ब्लकहरुमा पेट्रोलियम पदार्थको अन्वेषण र उत्खननका लागि विभागले छुट्टाछुट्टै विदेशी कम्पनीलाई अनुमति दिएको थियो ।
तर, सम्झौताअनुसार काम नभएपछि तिनीहरुको सम्झौता गतवर्ष मात्रै खारेज गरिएको थियो । १, २, ४, ६ र ७ नम्बर ब्लकमा केरिन इनर्जीले पाएको अनुमति खारेज भएको थियो भने ३ र ५ मा टेक्साना, ८ र ९मा इएबी र १० नम्बर ब्लकमा बीबीबीको अनुमति रद्द भएको थियो । त्यसपछि कुनै ब्लकका लागि पेट्रोलियम पदार्थको अन्वेषण र उत्खननका लागि कसैलाई अनुमति दिइएको छैन् ।
साभार ः खवरटाइम

प्रतिक्रिया