वजार व्यवस्थापनमा चासो दिदैं किसान

वजार व्यवस्थापनमा चासो दिदैं किसान

ज्वाला सन्देश संवाददाता
दैलेख, असोज १८ –कृषिजन्य वस्तुको एकिकृत वजार ब्यवस्थापन सम्वन्धी ज्ञान किसानहरुले सिकेका छन् । महादेव कृषिउपज संकलन केन्द्र हुलाक टाकुराको आयोजनामा यहाँका किसानहरुले चासो दिर्दै बजार ब्यवस्थापन सम्पन्धी आधारभुत ज्ञान सिकेका हुन् ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजीकरणम संचालित सामाजिक आर्थिक विकास कार्यक्रम अन्र्तगत उनीहरुले १ दिने अन्तरक्रिया तालिममा किसानहरुले एकिकृत बजार ब्यवस्थापन सम्वन्धी ज्ञान लिएका हुन् । कृषक समुह र संकलनकर्ता विच अन्र्तनिहित सम्वन्ध स्थापना कायम गर्नका साथै विद्यमान उत्पादन तथा वजारीकरणमा भोग्दै आएका समस्यालाई केलाएर त्यसको न्यूनिकरण गर्न आवश्यक प्राबिधिक ज्ञान तालिममा उपलव्ध गराईएको थियो ।

एकिकृत वजार व्यवस्थापन गोष्ठीमा सहजीकरण गर्दै व्यवसायिक सेवा प्रदायक केशव खत्री
एकिकृत वजार व्यवस्थापन गोष्ठीमा सहजीकरण गर्दै व्यवसायिक सेवा प्रदायक केशव खत्री

सोसेक नेपाल सामाजिक आर्थिक विकास कार्यक्रमका वन प्राविधिक भिनसेन खडकाले कार्यक्रममा सहभागीहरुलाई सहजीकरणमा सहयोग गरेका थिए । कार्यक्रममा ७० कृषक र संकलनकर्ताहरु सहभागी थिए । महादेव संकलन केन्द्रका संकलक केसवराज खत्री संकलन केन्द्रको अवस्था र त्यस केन्द्रले पु¥याउने योदानका साथै वजार प्रणाीलको नक्साकन मार्फत वजार साङलोको वारेमा प्रस्ट परेका थिए । सामाजिक आर्थिक विकास कार्यक्रमवाट भर्खरै अवलोकन भ्रमण गरी आएका रत्न थापा, मिनकुमार खत्रीले आफनो आफुले भ्रमणमा देखेका÷भोगका अनुभव सुनाएका थिए । जसले गर्दा गाँउ बाहिरका अभ्यासहरुका बारेमा सहभागीले बुझ्ने मौका पाए ।
कार्यक्रममा हुलाकटाकुरा कृषिउपजवजार व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर थापाको अध्यक्षतामा सोसेक नेपाल, सामाजिक आर्थिक विकास कार्यक्रमका, कार्यक्रम अधिकृत रत्न प्रसाद चौलागाईको प्रमुखमा तालिम सकिएको थियो । त्यसैगरी पगनाथका गाविस सचिव उत्तम अधिकारी आतिथ्यतामा रहेको थियो । त्यस्तै सोसेक नेपालका सहायक कृषि कार्यक्रम अधिकृत नविनकुमार योगी लगायतका सहभागी रहेको थियो । सहभागीहरुलाई प्राविधिक ज्ञान दिनुका साथै उनीहरुले सोधेको जिज्ञासाहरु कार्यक्रम अधिकृत योगीले प्रष्ट पारेका थिए । आफुले गाविसबाट किसानहरुका लागि सक्दो सहयोग गर्ने गाविस सचिव उत्तम अधिकारीले बताए । वजारीकरणलाई जोड दिनपर्नेमा आफु पनि लागीपर्ने अधिकारीले बताए ।

प्रतिक्रिया