खोलाको पानी खानबाट मुक्त

खोलाको पानी खानबाट मुक्त

ज्वाला सन्देश संवादाता
दैलेख, असोज २१ – खोला र कुवाको पानीमा निर्भर सल्लेरी – डाँडाँगाँउका २९ धरधुरीहरु टोलटोलमा नयाँ धाराहरु बनाईएसंगै खुसी भएका छन् । खोलाको दुषित पानी र लामो समय लगाएर पानी लिनुपर्ने बाध्यता रहेको डाँडाँगाँउका स्थानीयहरु गरिवी निवारण कोष नेपालको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) को सहजीकरणमा एकिकृत साुमदायिक विकास परियोजनना अन्र्तगत देउली खानेपानी आयोजना निर्माण aसम्र्पन्न भएपछि डाँडाँगाँउमा खानेपानी समस्या हटेको हो ।RVT photo of Deauli DWSS Salleri 7łखोलामा १ घण्टादेखी २ घण्टासम्म लगाएर दुषित पानी लिएर खानुपर्ने बाध्यता थियो ।’ जनसेवा सामुदायिक संस्थाका सचिव कृष्णबहादुर चन्दले भने, अहिले घरघरमै सफा पानी आएको छ । समय र स्वास्थ्यको पनि बचत भएको छ ।’ डाँडाँगाउँमा सफा खानेपानी आयोजना निर्माणपछि खुसी भएका स्थानीयहरुले अहिले घरघरमा सरसफाईका गतिविधि समेत गरेका छन् । उनीहरुले घरपरिवरि सानासाना चिटिक्क परेका आफुलाई खानपुग्ने करेसाबारी बनाएका छन् । घरमा च्याङग, जुठाङलो सफा र चिटिक्क पारी उदारणीय कार्य गरेको खानेपानी सामुदायिक संस्थाका सचिव तथा आयोजनाको कोषाध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनका अनुसार खानेपानी घरघरमै आएपछि टोलको सरसफाईदेखी हरेक कुरामा विकास भएको हो ।
उक्त देउली खानेपानी आयोजना निर्माणका लागि सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको सहजीकरणमा गरिवी निवारण कोष नेपालबाट ११ लाख ३३ हजार ७ सय ४५ रुपैँया र सामुदायिक श्रमदान ३ लाख, १८ हजार १ सय ५० रुपैँया र गाविसबाट ५० हजार सहयोगमा बनाईएको हो । जनसेवा सामुयिक संस्थालाई नियमित रुपमा आर्थिक, भौतिक र क्षमता विकास गराई संस्थालाई रहेका सदस्यहरुको समेत स्तर वृद्धि र क्षमता वृद्धि सुधार आएको स्वयम सदस्यहरु नै बताउँछन् । सल्लेरीमा आर्यआर्जनका लागि १९ वटा सामुदायिक संस्था, १ वटा सामुदायिक संस्था सञ्जाल, २ वटा भौतिक पूर्वाधार विद्यालय निर्माणधिक अवस्थामा रहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सामाजिक परिचालक डिल्ली खनालले बताए ।

प्रतिक्रिया