आज २० औं अण्डा दिवश सुत्केरी महिलाहरुलाई अण्डा वितरण

आज २० औं अण्डा दिवश सुत्केरी महिलाहरुलाई अण्डा वितरण

दैलेख, असोज २२– दैलेख सदरमुकामस्थित गणेश चौकमा सुत्केरी महिलाहरुलाई अण्डा वितरण गरिएको छ । अण्डा खाऔं, स्वस्थ बनौ भन्ने मुल नाराका साथ २० औं अण्डा दिवशको अवसरमा सुत्केरी महिलाहरुलाई अण्डा वितरण गरिएको हो ।

अण्डा वितरण गर्दै  लायन्स क्लव अफ दैलेखका अध्यक्ष बासना थापा
अण्डा वितरण गर्दै लायन्स क्लव अफ दैलेखका अध्यक्ष बासना थापा

लायन्स क्लव अफ दैलेख र सुआहारा कार्यक्रम दैलेखको संयूक्त आयोजनामा गर्भवती तथा सुत्केरी महिलाहरुलाई अण्डा वितरण कार्यक्रम गरिएको हो । कार्यक्रममा लायन्स क्लव अफ दैलेखका अध्यक्ष बासना थापा र सआहारा कार्यक्रमका जिल्ला संयोजक भुपराज ढकालले सुत्केरीहरुलाई अण्डा वितरण गरेका थिए । कार्यक्रममा अण्डाको उपयोग र त्यसको महत्वबारे प्रष्टाईएको थियो । निरोगी र चलाख बच्चाको लागि गर्भवती, आमा र ६ महिला पुरा भएका बच्चालाई अण्डा खुवाऔं भन्ने नारा अगाडी समेत सारिएको छ ।

प्रतिक्रिया