प्रभावकारी रुपमा सिप हस्तान्तरण हुनुपर्नेमा जोड्

प्रभावकारी रुपमा सिप हस्तान्तरण हुनुपर्नेमा जोड्

ज्वाला सन्देश समचारदाता

दैलेख, असोज २५– दैलेख सदरमुकाममा ५ जिल्लाका शिक्षासंग सम्वन्धित सरोकारवालाहरुलाई प्रारम्भिक कक्षा पढाईको तालिममा सिप विकासमा प्रभावकारी रुपमा सिप हस्तान्तराण हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिनका छन् । दैलेख, अछाम, बाजुरा, कालिको र बाँके जिल्लाका सरोकारवालाहरुलाई ५ दिने सिप विकास तालिमको अन्तिम दिन विद्यालय तहमा सिप हस्तान्तराण हुनुपर्नेमा जोड दिईएको हो । उक्त ५ दिने तालिमको सोमवार समापन कार्यक्रममा यस्तो बताईएको थियो ।

कार्यक्रममा सहभागीहरु
कार्यक्रममा सहभागीहरु
समापन कार्यक्रममा सहभागी अतिथिहरुसाथ वाेल्दै शिक्षा विज्ञ गाेपिनी पाण्डे
समापन कार्यक्रममा सहभागी अतिथिहरुसाथ वाेल्दै शिक्षा विज्ञ गाेपिनी पाण्डे
समापन समारोहमा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरे
समापन समारोहमा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरे

तालिममा विद्यार्थीहरुलाई स्वतन्त्र पठक र लेखक बनाउन आवश्यक सिप प्रदान गर्ने, भाषिक विकास र पढाई सिपबारे जानकारी र अभ्यास गराउने र कक्षा १ मा पढाई तथा जिवन उपयोगी सिपबारे ज्ञान हासिल गर्ने उद्देश्य रहेको थियो । कार्यक्रममा सहभागीको तर्फबाट जिल्ला शिक्षा कार्यालय बाँकेका टंकनाथ दाहालले भाषागत सिप, विज्ञान कक्षातहमा पुग्नुपर्ने बताए । सौदान्तिक भन्दापनि ब्यवहारिक ज्ञान दिन सके शैक्षिक गुणस्तर राम्रो हुने दाहालले बताए ।
सेफ द चिल्ड्रेनकी शिक्षाविद् गोपिनी पाण्डेले तालिमले शिक्षकहरुलाई दक्ष बनाउने बताईन् । जसका लागि कक्षा १ देखी नै शिक्षकहरुले शिक्षा रणनिति लागुगनुपर्ने बताईन् । त्यस्तै जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शमशेरबहादुर शाहीले तालिमबाट सिकेका सिप शिक्षकहरुले विद्यार्थीसम्म ब्यवहारिक रुपमा हस्तान्त्रण गर्नुपर्ने बताए । सहि हिसावले सिप विद्यार्थीमा हस्तान्त्रण हुँदा विद्यार्थीमा प्रभावकारी नतिजा समेत आउने शाहीको विश्वास थियो । łजतिसुकै तालिम गोष्ठी भएपनि सिप हस्तान्त्रण सहि नभएमा प्रभावकारी हुँदैन् ।’ जिविसका कार्यक्रम अधिकृत शाहीले भने, सवैको सहकार्यमा शिक्षा क्षेत्रलाई चमत्कार गर्नुपर्छ ।’ सवैभन्दा पहिले १ कक्षादेखी नै सकारात्मक सन्देशको थालनी हुनेछ ।
जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद गोतामेले तालिमममा सिकेका कुरा हुवहु विद्यार्थीसम्म नजाने समस्या भएकाले यदि हुवहु गएको भए शिक्षामा फड्को मार्ने बताए । सिकाई प्रभावकारी हुनुपर्ने र ब्यवहारिक भएमा सिकाईको अर्थ रहने जिल्ला शिक्षा अधिकारी गोतामेले बताए । उनले भने, तालिम प्राप्त गर्ने शिक्षकहरुले शब्दजाल मात्र नभई बच्चाले जान्नसक्ने कुरा सिकाउनुपर्छ । विद्यार्थीको मनोभावना हेरेर उनीहरुले बुझ्ने गरी सिप सिकाएमा प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले बताए ।
समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद गोतामे, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शमशेरबहादुर शाही लगायत सहभागी भएका थिए । समापन कार्यक्रम सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिँह थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिम सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक)ले गरेको थियो ।

प्रतिक्रिया