राउटे युवाले बस्ती छाडे

राउटे युवाले बस्ती छाडे

ज्वाला सन्देश संवाददाता
दैलेख, असोज २७ – सधै सवै एउटै बस्तीभित्र बनाईएका झुपडीमा बस्ने राउटेहरु पछिल्लो दिनहरुमा कहिले विभाजन त कहिले एकिकृत रुपमा बस्ने गरेका छन् । ५ महिनाअघि मात्र बस्ती नै विभाजन भएका राउटेहरु फेरी विभाजन भएका हुन् । यसअघि जातपिच्छे विभाजन भएका राउटेहरु अहिले यूवाहरु मात्रै बस्ती नै छाडेका हुन् ।

राउटे मुखियाहरु
राउटे मुखियाहरु
बस्तीमा राउटे यूवाहरु काठ्बाट विभिन्न सामाग्री बनाउँदै
बस्तीमा राउटे यूवाहरु काठ्बाट विभिन्न सामाग्री बनाउँदै
बस्तीमा राउटे यूवाहरु काठ्बाट विभिन्न सामाग्री बनाउँदै
बस्तीमा राउटे यूवाहरु काठ्बाट विभिन्न सामाग्री बनाउँदै
बस्तीमा राउटे यूवाहरु काठ्बाट विभिन्न सामाग्री बनाउँदै
बस्तीमा राउटे यूवाहरु काठ्बाट विभिन्न सामाग्री बनाउँदै
बस्तीमा राउटे यूवाहरु काठ्बाट विभिन्न सामाग्री बनाउँदै
बस्तीमा राउटे यूवाहरु काठ्बाट विभिन्न सामाग्री बनाउँदै

उनीहरु खाद्यान्न जोहो र काठबाट बनाईने सामाग्री खोजीका लागि राउटे यूवाहरु बस्ती छाडेर गएका हुन् । हप्तादिन अघि उनीहरु दैलेखको सिगौडीस्थित जक्सीको भ्याउसाल जंगलबाट अछामको काँलेगाडा – २ मोटेला खोला जंगलमा २२ जना युवा बसोवास गरेका छन् । दशैंमा खाद्य जोहो र काठका सामाग्रीहरु बनाउनका लागि आफुहरु बस्ती छाडेर जानु परेको राउटे यूवाहरु बताउँछन् ।
जिविसबाट पाईने भत्ता ढिलो आएकाले राउटेहरुमा खानेकुराको अभाव भएकाले यूवाहरु परिवारका लागि खाद्यान्नको जोखीममा लागि काठ पाईने जंगलमा आफ्ना यूवा केटाहरु गएकोे राउटेका महामुखिया महिनबहादुर शाहीले बताए । सवै एकै ठाँउमा बस्दा खाना खानै समस्या भएकाले केटाहरुलाई खानाको खोजीमा पठाएको महामखियाको भनाई छ । łकाठका भाँडा बनाउँन काठनै छैन् ।’ महामुखिया महिनले भने, जंगलमा खानेकुरा पाईन छाड्या । पहिल्याका वर्षहरुमा भन्दा अहिल्याका वर्षहरुमा मेरा जनताहरुले दुख पायाका छन् ।’ एकै ठाँउमा बस्ने ईच्छा हुदाहुदै पनि खानाको समस्याले परिवारबाटै टाढा बस्नुपरेकोमा निकै दुखी भएका राउटे यूवा प्रकाश यतिबेला अछामको काँडेगाडामा काठका सामाग्री बनाउनै ब्यस्त छन् । आफुले बनाएका काठका सामाग्रीहरु नजिकका गाँउहरुमा विक्रि गर्छन् । बचाएको पैसा नजिकै बसेका परिवारसम्म पु¥याउँछन् । प्रकाशजस्तै अधिकाँश राउटे यूवाहरुको कमाई नै काठ विक्रि र मागेरै जोहो गर्ने गर्दछन् । राउटेबस्ती सिगौडीको जाक्सीबाट यूवाहरु बसेका बस्तीमा जान गाडीमा आधा घण्टा लाग्छ । गाडीबाट झरेर १५ मिनेट हिडेपछि यूवाहरु बसेको अछामको काँलेकाडाको जंगलमा पुग्न सकिन्छ । हिडेर धन्नै १ घण्टा बढी लाग्छ ।
फिरन्ते जीवनयापनमा रमाउने राउटे अचेल खाना खर्च निकाल्न दैलेख जिल्लासंगै अछाम, कालिकोट, जुम्ला, काठमाडौ, चितवन, सुर्खेत लगायत जिल्लामा पुग्ने गरेका छन् । दशैं खर्चका लागि यूवादेखी अन्य राउटेहरुलाई गाँउगाँउ पठाईएको अर्को मुखिया दिलबहादुर शाहीले बताए । खुल्ला रुपमै वनमा काठहरु प्रयोग गरेर सामाग्री बनाउने उनीहरु हिजोआज सामुदायिक वन उपभोक्ता समितिले रोक्ने गरेपछि अँझ समस्या परेका छन् । उनीहरु मानवबस्तीदेखी टाढा गएर आफुलाई आवश्यक पर्ने काठहरु काट्ने गर्दछन् । खर्च निकाल्न यूवाहरु अनेत्र गएपछि राउटे समुदायका बुढापाका, महिला, बालबालिका सिगौडीको बस्तीमा छन् । अहिले महामुखिया महिनबहादुर, मुखियाहरुमा सुर्यनारायण, दिलबहादुर, विरबहादुरले छन् । कल्याल, सोवंशी र राजकोटी जातका राउटेहरु छन् । एउटा मात्र मुखिया हुने यो समुदाय समाज परिवर्तनसंगै चार मुखियामा विभाजन हुन पुगेका हुन् । महामुखिया बाहेक सवै जातअनुसारका राउटे मुखिया चुनिएका हुन् । जिविस दैलेखले राउटेहरुलाई दिईदै आएको नियमित भत्ता हप्तादिनभित्र दिईने जानकारी दिएको छ । राउटेहरुलाई दशैं खर्चमा सहयोग पुगोस् भनेर तत्काल भत्ता दिने ब्यवस्था मिलाईएको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए ।

प्रतिक्रिया