खेल सामाग्री हस्तान्तरणपछि खेलाडीमा उत्साह

खेल सामाग्री हस्तान्तरणपछि खेलाडीमा उत्साह

ज्वाला सन्देश सम्वाददाता

दैलेख, असोज २८ – ८ वर्षदेखी दैलेखमा सुरु गरिएको उसु खेलका लागि जिल्ला खेलकुद विकास समितिले खेल सामाग्री हस्तान्तरण गर्दा खेलाडीहरु उत्साहित भएका छन् । खेल सामाग्रीको अभावमा खेल्दै आएका खेलाडीहरुलाई समितिले सम्पूर्ण सामाग्री सेटहरु दिईएपछि उत्साहित भएका हुन् ।

सामाग्री हस्तान्तरण गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठ
सामाग्री हस्तान्तरण गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठ

काँडाचौर खेल मैदानमा नियमित अभ्यास गरिएका खेलाडीहरुलाई अभ्यास सहज गराउनका लागि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायाण श्रेष्ठले खेल प्रशिक्षक कृष्ण चालिसेलाई सामाग्री हस्तान्तरण गरेका हुन् । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा अभ्यास गरिरहेका उसु खेलाडीलाई सामाग्री वितरणले सहजता ल्याएको हो ।
उसुको सान्सौ र थाउलु तर्फको खेल सामाग्री दिईएको हो । सामाग्री अभाव अभ्यास गर्न गाह्रो भएकाले समितिले खेल सामाग्री किनेर हस्तान्तरण गरेको खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए । łबजेट अभावका सम्भावना बोकेका धेरै खेलहरु प्रशिक्षण तथा खेल सामाग्रीहरु किन्न सकिएको छैन् । समितिका अध्यक्ष श्रेष्ठले भने, खेलाडीहरुका लागि सामाग्री तथा आवश्यक ब्यवस्थापनमा पहल हुनेछ । लामो समयदेखी जिल्ला उसु खेल हुने गरेपनि खेल सामाग्री अभावमा अभ्यासमा समस्या हुने गरेको थियो । दैलेखमा पछिल्लो समय उसु खेलप्रति खेलाडी आर्कषित छन् । łखेलाडी उसुप्रति आर्कषित छन् । खेल प्रशिक्षक कृष्ण चालिसेले भने, खेल सामाग्री अपुग हुने भएकाले अभ्यासमा समस्या हुन्थ्यो । समितिले सामाग्री दिएर खेलाडीहरु उत्साहित भएका छन् । दैलेखमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रिय खेलका लागि १ सय बढी खेलाडीहरु जानेछन् ।
फोटो क्याप्सन ः सामाग्री हस्तान्तरण गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठ । तस्विर ः गोविन्द केसी

प्रतिक्रिया