मध्यपश्चिमकै पहिलो गाउँ बन्यो सियाँला

मध्यपश्चिमकै पहिलो गाउँ बन्यो सियाँला

रत्न शाही
दैलेख, असोज २९
दुल्लु नगरपाललिका वडा नम्मवर ३ को सियाँला मध्यपश्चिमकै पहिलो पुर्णसरसफाइयूक्त गाउँ बनेकोछ । गत २८ गते एक औपचारिक समारोहका बीच गाउँलाई पूर्णसरसफाई यूक्त घोषणा गरे पछि उक्त सियाँला मध्यपश्चि कै पहिलो नमुना गाउँ बनेको हो ।SAM_3983घोषणा सभा

घोषणा सभा

पूर्ण सरसफाई नमुना गाँउ घोषणा सभामा सहभागीहरु
पूर्ण सरसफाई नमुना गाँउ घोषणा सभामा सहभागीहरु
पूर्ण सरसफाई नमुना गाँउ घोषणा सभामा सहभागीहरु
पूर्ण सरसफाई नमुना गाँउ घोषणा सभामा सहभागीहरु

जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास स्वीस इन्टरकोपरेसनको सहयोगमा ग्रामिण जलश्रोत व्यवस्थापन कार्यक्रम अन्तरगत गाउँका प्रत्येक घरघुरिले पुर्णसरसफाइयूक्त घोषणाका लागि पार गर्नु पर्ने मापदण्ड तथा सुचकहरु पुरा गरि गाउँ लाई सरसफाई गरे पछि उक्त सियाँला मध्यपश्चिम कै पहिलो पुर्णसरसफाइयूक्त नमुना गाउँ बन्न सफल भएको कार्यक्रम साझेदार संस्था सामाजिक सेवा केन्द्र (सोसेक) ले जनाएको छ ।
गाउँका १ सय ७ घरधुरिमा अहिले फोहोर फाल्ने खाल्डा, घर आँगनकै छेउमा कलकल वग्ने पानीका धारा, सफा बर्तन सुकाउने टाण, साबुन सहितको हात धुने मिनि ट्यांक, सफा सुरक्षित सौचालय, सफा सुग्घर सहित व्यवस्थित भान्सा, भान्सामा पीउने पानीका फिल्टर लगाएतका व्यवस्थाहरु सुव्यवस्थित गरेका छन् ।
आगनमा हरिया तरकारी र पहेँला फलफुल सहितका करेसावारी, रंगीविरंगी फुलैफुलहरुका साना वगैँचाहरु र साना सिचाइका पोखरीहरु व्यवस्थित गरि उपभोग गरिरहेका छन् यति वेला सियाँलाका ति प्रत्येक घरधुरिले । एक घर देखी अर्को घर अर्को घर देखि पल्लो टोल जाने सफा र चिटिक्क परेका गोरेटा वाटाहरुमा हिडिरहँदा बाहिरवाट आउने पाहुन तथा आफन्तहरु आनन्द महसुस गर्छन् ।
सरसफाइका त कुरै छोडौँ, कार्यक्रम लागु हुनु अघि सियाँलाका बासिन्दा २ घण्टा टाढा भावर खोलाको पानी वोकेर पीउथ्ये, घरका केटकेटी र गृहणीहरु पानीकै जोहो गर्न दिनहूँ चिन्तित हुन्थ्ये अब ति दिन रहेनन् सियाँला वासिका, यी सबै कुराको व्यवस्था गरि गाउँलाई नै पुर्ण सरसफाई बनाउने कुराको उत्प्रेणा जगाउने जलश्रोत व्यवस्थापन कार्यक्रमलाई धन्यवाद दिइरहेका छन् सियालका बालबालिका र दिदिबहिनीहरुले ।
अहिले समयमै मिठो र स्वादिलो खाना खाएर झोलामा अर्गानीक खाजा सहित नियमित विद्यालय जान्छन् यहाँका बालबालिका । जलश्रोत व्यवस्थापन कार्यक्रमले तत्कालिन नेपा गाविस संग साँझेदार गरेर जलउपयोग गुरुयोजना तयार गर्दा तेस्रो प्राथमिककरण परेको उक्त सियाँला गाउँको मसेना तल्लो पीरु खानेपानी योजनालाई गाउँवासीले पुर्ण सम्पन्न गरे पछि सियाँलाको यो मुहार आएको हो । योजनामा वाम–पी हेल्भेटासले पनि सहयोग गरेको स्थानीय बताउँछन् । सरसफाईमा पूर्ण र व्यवस्थित भएको दुल्लु नगर स्तरीय खानेपानी तथा सरसफाई समन्वय समितिको प्रतिवेदन आए पछि यो गाउँलाई जिल्ला स्थित सरकारी निकायको उपस्थितिमा पुर्ण सरसफाई यूक्त नमुना घोषणा गरिएको हो । नमुना गाउँ बनाउनेमा अरुहरुको पनि उल्येख्य सहयोग रहेको छ । गाउँको कर्णाली बहुउद्देश्यीय सहकारी संस्थाले गरेको माग र प्रस्तावका आधारमा जिल्ला कृषि विकास कार्यालय दैलेखले सिचाई कुलो बनाउनमा सहयोग गरेको थियो । सबैका सहयोगीहरु हात र गाउँबासीको लगनसिलताले आज यो गाउँ मध्यपश्चिम कै पहिलो पुर्ण सरसफाई यूक्त गाउँ घोषण भएको छ यो सियाँलाबासीको मात्र नभई सिंगो दैलेखीको सान भएको घोषणा सभाका अतिथिहरुको भनाई थियो ।

प्रतिक्रिया