बढ्यो दसैंको चहलपहल

बढ्यो दसैंको चहलपहल

गोविन्द केसी
दैलेख, असोज २९ – भारतको नाकाबन्दीले तराईमधेसका नागरिकको जिवन कष्टकर भईरहेका बेला पहाडी जिल्ला दैलेख सदरमुकाम लगायत मुख्यमुख्य बजारहरु किनेमल गर्नेहरुको चहलपहल बाक्लिएको छ । यहाँका बजारहरुमा दसैं तिहारको तयारीका लागि गाउँ–गाउँबाट किनमेलमा आउनेहरुको भीड बढ्न थालेको हो ।
केही महिना सुकेको ब्यापार दशैतिहारका लागि सरसामान किन्नेहरुको भीड सदरमुकाममा अन्य दिनभन्दा बाक्लिदै छ । दशैं पेश्कीबुझेसगै सरकारी कमर्चारीको चहलपहल पनि उस्तै छ । विगतमाभन्दा यसपालीको दशंैका लागि छिटो किनमेल गर्न आउनेको घुईचो लागेको दैलेख उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कुलबहादुर विकले बताए । ग्राहकको माग अनुसार सामान ढुवानी नसकेको ब्यापारीहरु बताउँछन् । ‘डिजेल नहुँदा यातायात समेत प्रभावित छ ।’ प्रथम उपाध्यक्ष विकले भने, ब्यापारीहरुले दशैंका लागि सामानहरु ब्यवस्था गरेर भएपनि ग्राहकहरुलाई दिएका छन् । मागअनुसारका सामाग्री नहुँदा कहिलेकाही ग्राहकलाई रित्तै फर्काउनुपपर्ने अवस्था पनि आएको छ ।’
इन्धन अभावले ग्रामिण इलाकामा सामान ढुवानी गर्न नसकेको व्यवसायीले बताए । सदरमुकामबाट दुल्लू, नौमूले, भैंसेखोर, बेस्तडा, कुसापानी, खरिगैरा लगायतका स्थानमा यातायातका साधनहरुबाटै मालसामान ढुवानी गर्ने गरिन्छ । दसैं–तिहार मनाउन जिल्लाबाहिर रहेका आफन्तजन गाउँ घर फर्किने क्रम बढेको छ । ईन्धन अभावमा ग्रामीणभेकमा चल्ने साना गाडीहरु चल्न नसक्दा २ दिनसम्म हिडेरै दशैं मात्र घरबाहिर गएकाहरु जान बाध्य भएका छन् ।

प्रतिक्रिया