बाँझो जग्गा खाद्य उत्पादनमा बाधक

बाँझो जग्गा खाद्य उत्पादनमा बाधक

ज्वाला सन्देश संवाददाता

 दैलेख, असोज २९ – जिल्लामा भएको खाद्य अधिकारको सम्वन्धी गरिएको एक अन्र्तक्रियामा बाँझो जग्गा खाद्य उत्पादनमा बाधक भएको सरोकारवालाहरुले बताएका छन् । ३५ औं खाद्य सुरक्षा अधिकार दिवशको अवसरमा नेपालको सम्वीधान २०७२ मा खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरु बाँझो जमिन र सिचाईको असुविधाका कारण उत्पादनमा कमी आएकाले खाद्य संकट भएको बताएका हुन् ।

खाद्य अधिकार दिवशमा सहभागिहरु
खाद्य अधिकार दिवशमा सहभागिहरु
खाद्य अधिकार दिवशमा सहभागिहरु
खाद्य अधिकार दिवशमा सहभागिहरु
खाद्य अधिकार दिवशमा सहभागिहरु
खाद्य अधिकार दिवशमा सहभागिहरु
खाद्य अधिकार दिवशमा सहभागिहरु
खाद्य अधिकार दिवशमा सहभागिहरु

सरोकारवालाहरुले कार्यक्रममा २ वर्षसम्म बाँझो जमिन राख्यो भने सरकारले अधिग्रहण गनुपर्ने, खानपानमा परिवर्तन गनुपर्ने, किसानलाई सम्मान गर्नुपर्ने लगायतका कुराहरुमा जोड् दिएका थिए । नेपालको संविधानमा खाद्य अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा वक्ताहरुले खाद्य सुरक्षाका लागि उपायहरु दिएका थिए । जिल्ला खाद्य अधिकार संञ्जालको आयोजनामा फियान नेपाल, सुडेक, सोसेक, आरआरएनसंगको सहकार्यमा अन्र्तक्रिया कार्यक्रम गरिएको थियो । खाद्य सुरक्षाको अवस्थाबारे कार्यपत्र फियान नेपालका सुरेश गौतमले प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, प्रहरी प्रमुख डिएसपी विरबहादुर वली, लगायतका सरकारी अधिकारीहरु सहभागी रहेको थियो । कार्यक्रममा सञ्जालका संयोजक हीरासिह थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया