नेपाल प्रहरी दण्डहीनताको अन्त्य निम्ति तल्लिन

नेपाल प्रहरी दण्डहीनताको अन्त्य निम्ति तल्लिन

ज्वाला सन्देश सम्वाददाता
असोज– ३०, दैलेखका प्रहरी प्रमुख डीएसपी बीरबहादुर वलीले सीमित साधन श्रोतको बावजुध पनि शान्ति सुरक्षा अमचैन कायम गर्नदेखि अपराध अनुसन्धान र दण्डहीनताको अन्त्य निम्ति तल्लिन रहेको बताउनुभएको छ । ६० औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालयले दैलेखमा आयोजना गरेको कार्यक्रममा उहाँले सो धारणा राख्नु भएको हो ।

सम्मानपत्र ग्रहण गर्नु हुदै (सोसेक) दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा ।
सम्मानपत्र ग्रहण गर्नु हुदै (सोसेक) दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा ।
अमर सहितहरुलाई माल्यापण गर्दै प्रहरीहरु

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले मुस्कान सहितको सेवामा सम्मिलित गर्दै व्यवसायिक काम गर्दै आएको नेपाल प्रहरीलाई जिल्लामा अझ जनताप्रति उत्तरदायी भई कार्य गर्न निर्देशन दिनुभयो ।
डीएसपी वलीले शान्ति सुरक्षामा अहोरात्र खटिने प्रतिवद्धता दोहो¥याउदै त्यसका लागि स्थानीयको पनि साथ सहयोग आवश्यकता औल्याउनुभयो । त्यस बखत सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रेमबहादुर थापा र पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष लालबहादुर गुरुङ्गले समाजमा शान्ति र सुव्यवस्थाका कायम राख्न प्रहरी र नागरिकहरुको भूमिका विषयमा प्रकाश पार्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयले अघिल्लो वर्ष मानवअधिकार प्रवद्र्धन र शान्ति अमनचैनमा उल्लेख्य सहयोग गरेको भन्दै सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख, तोली गाविस–५ का सर्जन हमाल, सिभिल निर्माण सेवा, द्वारी हाइड्रो पावर र लोहोरे हाइड्रो पावरलाई सम्मान गरेको छ ।

प्रतिक्रिया