तरकारीबाटै २ करोडको कारोवार

तरकारीबाटै २ करोडको कारोवार

ज्वाला सन्देश सम्वाददाता
दैलेख, कात्तिक १– मुख्य तरकारी उत्पादन केन्द्र मानिएको सेरी गाविसस्थित गुँरासे, रानीमत्ताबाट वार्षिक करिव २ करोड बढीको तरकारीको कारोवार हुने गरेको छ । कृषकहरुले उत्पादन गरेको तरकारी संकलन केन्द्र मार्फत सुर्खेत, नेपालगज लगायत स्थानहरु निकासी हुन थालेपछि २ करोड बढीको कारोवार हुन थालेको हो ।

रानीमत्तामा रहेको तरकारी संकलन केन्द्रबाट तरकारी जिल्ला बाहिर पठाउन ट्रकमा लोड गर्दै
रानीमत्तामा रहेको तरकारी संकलन केन्द्रबाट तरकारी जिल्ला बाहिर पठाउन ट्रकमा लोड गर्दै

विशेष गरी यस क्षेत्रमा उत्पादन भएको आलु, काउली, बन्दा, मुला, सीमी र करेला बहुमुखी सहकारी संस्थामा संकलन गरी जिल्ला भित्र तथा वाहिर निर्यात हुने गरेको जनाएको छ । दैलेख सुर्खेत मोटरबाटोको सुविधा भएका कारण पनि बजारहरुमा तरकारी तथा फलफुल पठाउन सहज भएको संस्थाका अध्यक्ष कृष्ण प्रशाद पाण्डेले बताए । ‘यहाँका कृषकहरुले उत्पादन गरेको तरकारी बहुमुखी सहकारी संस्थाले खरिद गरि अन्य स्थानहरुमा निर्यात गर्दै आएको छ ।’ पाण्डेले भने, ‘हामीले खरिद गरेको तरकारीवाट बार्षिक झण्डै दुई करोड बढीको किसानहरु कहाँ जाने गरेको छ ।’
रानीमत्तामा तरकारी संकलन केन्द्रको भवन निर्माण हुदाँ तरकारी उत्पादक किसानहरुलाई राहत भएको किसानहरुले बताएका छन । विगत ६ वर्ष देखि सेरी, गोगनपानी र बराहका गाविसका किसानहरुले उत्पादन गरेका तरकारी तथा फलफुलहरु संकलन गरि विभिन्न बजारहरुमा उपलब्ध गराई रहेको संस्थाले जनाएको छ । रानीमत्ताका किसानहरुले उत्पादन गरेको तरकारी संकलन गर्र्दै आईरहेको रानीमता बहुमखी सहकारी संस्थाले किसानहरुले उत्पादन गरेको बार्षीक दुई करोड बढीको तरकारी तथा फलफुल संकलन गर्दै विभिन्न बजारमा निर्यात गर्दै आएको छ । दक्षिण पूर्वमा रहेको रानीत्तता दैलेख र सुर्खेतको सिमाना पर्दछ । विभिन्न संघ सस्था लगायत गाविसको सहयोगमा ८ लाख ५९ हजार ७ सय ५० रुपयामा २०६३ सालमा भवन निर्माण भएको हो ।
संकलन केन्द्रमा विभिन्न १२ वटा समुहहरुले आफ्ना उत्पादन गरेका तरकारी तथा पलफुलहरु संकलन गर्दछन । पहिले पसल पसलमा गएर तरकारी तथा फलफुल विक्री गर्नुपथ्र्यो भवन निर्माणपछि सहज भएको गोगनपानीकी कृषक नानीमाया बुडाले बताइन् । पहिले दुई रोपनीमा तरकारी खेती गरिएको थियो भवन निर्माण भएपछि हाल दश रोपनीमा तरकारी खेती गरिरहेको सेरी गाविसका बल बहादुर विष्टले बताए । आफुहरुले तरकारी तथा फलफुल खेतीबाट बार्षीक ७० देखि १ लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको किसानहरुले बताएका छन् ।

प्रतिक्रिया