३९ वर्षदेखि प्रशासनमै मूर्ती पुजा, प्रत्येक वर्षको गाउँबाट आएर प्रशासनमै पुजा

३९ वर्षदेखि प्रशासनमै मूर्ती पुजा,   प्रत्येक वर्षको गाउँबाट आएर प्रशासनमै पुजा

गोविन्द केसी
दैलेख, कात्तिक ३ – काशिकाँध गाविस–६ पातिआन्लास्थित जगनाथ महाबै मन्दिरको मूर्ती असुरक्षाको कारणले ३९ वर्षदेखि जिल्ला प्रशासनमै राखेर चतुथीका दिन मंगलवार पुजा गरिएको छ । बहुमूल्य अष्टधातुबाट निर्मित मूर्ती एकपटक चोरी भई फिर्ता आएपछि पुनः चोरी हुने आशंकाले स्थानीयकै अनुरोधमा प्रशासन कार्यालयमा राखिएको हो ।
२०२८ सालमा एक स्थानीयले नै मूर्ती चोरी गरी भारतसम्म पु¥याएका थिए । मन्दिरका पुजारी विष्णुबहादुर शाहीले चोरी गर्ने व्यक्तिको घरमा मानवीय क्षती भएपछि उनैले मूर्ती पुनः मन्दिरमा फर्काएको बताए । तत्कालिन दैलेखका प्रमुख जिल्ला अधिकारी टेकनाथ भट्टराई नेतृत्वको टोलीले मूर्तीलाई सुरक्षित राख्न २०३४ सालमा जिल्ला प्रशासनमा ल्याएका थिए । ‘जुनसुकै बेला पनि मूर्ती चोरी हुनसक्छ । त्यसैले प्रशासनमा लिएर राखिदिनुप¥यो भनी आग्रह ग¥यौं’ पुजारीले भने ।
मूर्ती कुन देवी देवताको हो भन्नेबारेमा स्थानीय बुढापाकालाई समेत थाहा छैन । पुजारीका अनुसार मूर्तीको कद पृथ्वीनारायण शाहको जस्तो छ । मूर्तीबारे अध्ययन गर्न गाउँ पुगेका इतिहासकार पूर्णप्रकाश नेपाल यात्रीले राजा जनकको मूर्ती हुनसक्ने बताएका पुजारीले बताए । मूर्तीको तौल अन्दाजी डेढ किलो छ ।
०३४ सालदेखि मूर्ती प्रशासनको ‘फलामे सेफ’ भित्र राखिएको छ । मंगलबार पुजारी लगायतका स्थानीयले प्रशासनमै पुगेर मूर्ती पुजा गरी गाउँ फर्किए । काशीकाँध पुग्न सदरमुकामदेखि एक दिन पैदल हिँड्नुपर्छ । फुलपाती अघि जगनाथ महाबैको मन्दिरमा विशेष पुजाअर्चना गरिने काँसीकाधबाट आएका स्थानीय जंगबहादुर शाहीले बताए ।
स्थानीयले प्रहरी चौकी स्थापना गरेर भएपनि मूर्तीलाई सुरक्षित रुपमा गाउँमै फर्काउने वातावरण मिलाउन प्रशासनसमक्ष उनीहरुले अनुरोध गरे । मन्दिर आसपासमा ऐतिहासिक देवल, शिवकुण्ड, ब्रहमकुण्ड, सिद्धपोखरी, झरना लगायतका सुन्दर सम्पदाहरु भएकाले पर्यटकीय विकास गर्न सकिने उनीहरुको भनाई छ । शान्ति स्थापनापछि पुजारीले जिल्ला प्रशासनमै आएर मूर्ती पुजा गर्ने गरेको प्रशासनका नायव सुब्वा तिलक न्यौपानेले बताए ।

प्रतिक्रिया