तरकारी व्यवसायले ल्यायो जिवकोपार्जनमा सुधार

तरकारी व्यवसायले ल्यायो जिवकोपार्जनमा सुधार

ज्वाला सन्देश सम्वाददाता
दैलेख कार्तिक ३, समुहमा सवैभन्दा लगनशिल र मेहेनती कृषकको पहिँचान बनाएका उदयराज रेग्मी यति वेला खुशी छन् । उन्ले गरेको तरकारी खेतीलाई व्यवसायिक बनाएर आएको आम्दानीले जिविकोपार्जनमा समस्या नभएको अनुभुति गर्दै उनि खुशी भएका हुन् ।

प्लास्टिक घरभित्र लगाईएको  गोलभेडाको अनुगमन तथा पृष्ठपोषण दिदै ज्वाला आयआर्जन समुुुह

तरकारी गोडमेल गर्दै हरि प्रसाद रेग्मी
तरकारी गोडमेल गर्दै हरि प्रसाद रेग्मी

उदयराज रेग्मी को सामान्य न्युनस्तरिय परिवार हो, जम्मा ४ जनाको परिवार संख्या रहेको छ उन्को परिवारमा । परम्परागत खेती प्रणाली गर्दै आएको रेग्मी अहिले व्यावसायिक तरकारी खेती तर्फ आकर्षित भएका छन । पहिले परिवारको दैनिकी छोरा, छोरीको शिक्षा ,स्वास्थ्य दैनिक घरखर्च चलाउन अरुको मा ऋण सापटी गर्नुपर्ने अवस्था थियो । अहिले आफ्नो व्यवसायबाट गरेको आम्दानीले छोरा छोरी शिक्षा स्वास्थ्य दैनिक घर खर्च चलाउन कसैको ऋण सापटि गर्नु पर्दैन । उनले पोलि हाउस भित्रको टमाटर काउलि वन्दा वाट मासिक रुपमा ७ हजार देखी १० हजार सम्म कमाई गर्दै आइरहेका छन । वि. सं. २०७१ सालमा ग्रामिण पहुँच कार्यक्रम तेश्रो चरणको आर्थिक सहयोग र हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको कार्यान्वयन सहयोग र सामाजिक सेवा केन्द्र(सोसेक) नेपालको सहजीकरणमा सामाजिक आर्थिक विकास कार्यक्रम लागु भयो । यस कार्यक्रम अन्र्तगत ना.न.पा ४ पिलु मा १८ सदस्यीय ज्वाला आयआर्जन कृषक समुह गठन भयो ।सामाजिक आर्थिक विकास कार्यक्रम लागु भए पछि ज्वाला कृषक समूहको सक्रिय सदस्यको रुपमा कार्यक्रममा आवद्ध उदयरामले कार्यक्रम अन्तर्गतको दोश्रोे वर्षको क्रियाकलाप २ दिने समुह व्यवस्थापन तथा व्वसायिक योजना निमार्ण र नर्सरी व्यवस्थापन तालिम र १ उत्पादन प्रविधी तथा शत्रुजीव व्यवस्थापन तथा जैविक विषादी तयार तथा प्रयोग तालिममा सहभागी भए् । कार्यक्रमबाट समूहमा उपलब्ध गराईएको बिउ बिजन र सामग्रीहरुको सहयोगलाई अधिकतम् प्रयोग गरी सक्रिय रुपमा ताजा तरकारी उत्पादनमा लागे । व्यवसायिक योजना निर्माण पश्चात व्यत्तिगत लगानिमा तयार पारीयको पोली हाउसमा टमाटर खेतीबाट मनग्य आम्दानी गर्न सफल भएपछि हौसिएर उनी अझ व्यवसायिक तरकारी खेतीमा सक्रिय हुँदै आएका छन् । अन्तमा रेगमी भन्नुहुन्छ “हालसम्म सरकारी निकायाको पुर्ण जिम्वेवारी भएपनि उक्त निकायबाट कुनै पनि सहयोग नपाएको मा दुखेसो व्यक्त गर्दै गै.स.सं. बाट संचालित कुनै कार्यक्रममा नसमेटिएको हाल यस सामाजिक आर्थिक विकास कार्यक्रम बाट सहयोग गर्ने ग्रामिण पहुच कार्यक्रम तेश्रो चरण हेल्भेटास र सहजीकरण गर्ने संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र परियोजना मा कार्यरत कर्मचारी धन्यवाद का पात्र ज्ञापन गर्दछु ।”

प्रतिक्रिया