प्रहरी महानिरिक्षकद्धारा विष्टलाई प्रशंसापत्र

प्रहरी महानिरिक्षकद्धारा विष्टलाई प्रशंसापत्र

ज्वाला सन्देश सम्वाददाता
दैलेख – गैडावाजस्थित अस्थाई प्रहरी पोष्टलाई जग्गा दान गरिएको छ । रानीवन – ७ का जयबहादुर विष्टले प्रहरीलाई जग्गा दान गरेका हुन् । जग्गादाता विष्टले कित्ता नम्वर ३ सय ८९ क्षेत्रफल ४ सय ४८ वर्गमिटर भएको ४ लाख मूल्य बरावरको जग्गा दान गरेका हुन् ।

 प्रहरी प्रधान कार्यालयबाट प्रहरी दिवशमा जयबहादुर विष्टलाई दिईएको प्रशंसा पत्र
प्रहरी प्रधान कार्यालयबाट प्रहरी दिवशमा जयबहादुर विष्टलाई दिईएको प्रशंसा पत्र

उनले मालपोत कार्यालय दैलेखबाट उतm जग्गा निशुल्क दान पत्र मार्फत नामसारी गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्सालबाट नेपाल प्रहरी प्रमुख (प्रहरी महानिरिक्षक) उपेन्द्र कान्त अर्यालले हस्ताक्षर गरी विष्टलाई प्रहरी दिवशको अवसरमा प्रशंसा पत्र दिईएको हो ।
उक्त प्रशंसा पत्र प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमा विष्टलाई हस्तान्तरणका लागि पठाईएको हो । विष्ट घरायसी कामका कारण प्रहरी दिवशको अवसरमा प्रशंसा पत्र लिन जान नसकेकाले घरमै उक्त प्रशंसा पत्र पठाईने दैलेख प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक पुस्करबहादुर चन्दले जानकारी दिए । जग्गादाता विष्टले शान्ति सुरक्षा कायम राख्ने कार्यमा सहयोग गर्नुभएकोमा प्रशंसापत्रमा धन्यवाद समेत दिईएको छ ।

प्रतिक्रिया