यसकारण महत्वपूर्ण हो दैलेख !

          |   प्रकाशित मितिः मङ्लबार, कार्तिक १०, २०७२     ::: 523 पटक पढिएको   |  
विश्व के.सी. (पोखरेल)

विश्व के.सी. (पोखरेल)

मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत भेरी अञ्चलको दैलेख जिल्ला पश्चिम नेपालको राजनैतिक तथा सांस्कृतिक इतिहासका लागि एउटा महत्वपूर्ण जिल्ला हो । देवताहरूको वासस्थान रहेकोले देवलोक हँुदै दैलेख भनिएको वा दधिचि ऋषिको तपोभूमि भएकोले दधिलेखबाट दैलेख भनिएको वा भगवान शिवले कामदेवलाई भष्म गर्दा शिवको तेस्रो नेत्रबाट निस्किएको अग्नीज्वालालाई शिवद्वारा दुल्लू पर्वतमा फालिएकोले वैश्वानर ज्वालाक्षेत्र भनिएको वा सतीदेवीको अङ्गहरू पतन हँुदै खसेकाले तीर्थस्थलहरू निर्माण भएकाजस्ता कुराहरू त किम्वदन्ती नै होलान् । किम्वदन्तीहरू सत्य वा असत्य वा काल्पनिक जे पनि हुन सक्दछन् । कहिँदै र सुनिदै आएका हुनाले किम्वदन्ती बन्न गए । तर, किम्वदन्तीका कुराहरूबाहेक पनि धेरै प्रकारका वास्तविकता रहेका छन् दैलेख जिल्लाको समग्र परिचयका लागि । यस लेखमा यिनै प्रसङ्गहरूमा छोटो चर्चा गर्ने प्रयास गरेको छु ।
दैलेख चिन्न, बुभ्mन र जान्नका लागि पढेर मात्र पुग्दैन, दैलेखमा पाइला टेक्नै पर्दछ । पौडी सिक्नका लागि नदीमा डुब्नै पर्दछ भनेजस्तै । घँुडा तिघ्रा नडुब्ने पानीमा पौडी सिक्न सम्भव छैन । दैलेखको सम्पूर्णतालाई एकादेशको कथा वा किम्वदन्तीको आधारमा मात्र अथ्र्याउन मिल्दैन । खसमल्लकालीन साम्राज्यकालमा जुम्लाको सिञ्जाहाटमा ग्रिष्मकालीन र दैलेखको दुल्लूमा शितकालीन राजधानी रहेको थियो । यसैकारण बाह्रौँ शताव्दीदेखि नै ‘सिञ्जाहाट, दुल्लू विराट्’ भन्ने उक्ती प्रचलित भयो । जुम्लाको सिञ्जा हाट खसमल्ल साम्राज्यको मुख्य राजधानी नै हो । दुल्लूमा ठूलो हाटबजार, तीर्थब्रत र धर्मकर्म गर्ने रमणीय स्थान भएकाले यसो भनियो । सिँजाहाटमा अहिले खसमल्ल साम्राज्यका अधिकाङ्स अवशेषहरू लोप हँुदै गइसकेका छन् । दैलेखमा पनि कति अवशेषहरू लोप भए होलान् भन्ने कुनै अनुमान छैन । तर, वर्तमानमा जे जति छन् जेनतेन बचेकै छन् । महत्व थाहा पाएर बचे वा थाहा नपाएर बचे, त्यो अर्कै कुरा हो । कहीँ फलामे ढुङ्गाका खाँवा, कहीँ एउटा कहीँ लस्करै बीसबाईसवटा देवलहरू, कहीँ क¥याङ्म¥याङ् अक्षर लेखिएका ठूलाठूला ढुङ्गे खाँवा, कहीँ अहिले नै बोल्लानजस्ता देवीदेवता र बुद्धका मूर्तीहरू, कहिँ घण्टौँसम्म उभिएर स्नान् गरीरहँु पानी पिइरहुँजस्तो लाग्ने कलात्मक ढुङ्गेधाराहरू, कहीँ ठूलाठूला ढुङ्गाले बनाइएका गढीहरू यत्रतत्र रहेका छन् । कुनै अवशेष जङ्गलभित्र लुकेर रहेका छन्, कुनै घरघडेरी, पाखापधेँरा, कान्लाज्यूलामा रहेका छन् । दैलेखमा यसप्रकारका अवशेष अहिलेसम्म करिब तीनसयको हाराहारीमा भेटिइसकेका छन् । खसमल्ल साम्राज्यकालीन अवशेषहरू नुवाकोटदेखि पश्चिम नेपालका अन्य जिल्लाहरूमा पनि छन् । तर सङ्ख्याका आधारमा गणना गर्दा अहिलेसम्म दैलेखसँग जति अन्यत्र पाईएका छैनन् । यसका आधारमा त दैलेखलाई पश्चिम नेपालको इतिहास र संस्कृतिको खुला सङ्ग्रहालय वा खुला विश्वविद्यालय नै भने पनि हुन्छ । त्यसैले दैलेख नै खसमल्ल साम्राज्यका अवशेषहरू वहुतायात रूपमा रहेको एउटा महत्वपूर्ण जिल्ला हो भन्दा अतिशयोक्ति नहोला । नेपालको इतिहासमा दैलेख जिल्लामा रहेका यी अवशेषहरूको ठूलो महत्व रहेको छ । अहिलेसम्म पनि तत्कालीन अवशेषहरू रहस्यकै रूपमा ज्यूँकात्यूँ रहेकैले दैलेखको विशेष ऐतिहासिक महत्व रहेको हो ।
अहिले पूर्वमा जाजरकोट, पश्चिममा अछाम, उत्तरमा कालीकोट र दक्षिणमा सुर्खेत जिल्लासँग जोडिएर कुल एकहजार पाँचसय दुई वर्गकिलोमिटरको क्षेत्रफलमा साँघुरिएको दैलेख करिब आठसय वर्षको विगतको अवधिमा थुप्रै पटक फैलिएको र खुम्चिएको इतिहास साक्षी छ । त्यही खुम्चिने र फैलिने क्रममा दैलेखले पालकालीन व्यवस्था, खसमल्लकालीन व्यवस्था, बाईसेकालीन व्यवस्था, राणाकालीन व्यवस्था, पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था, माओवादीको जनयुद्ध र वर्तमानको गणतन्त्रात्मक व्यवस्थालाई अनुभूती गर्दै आईरहेको छ । यीनै व्यवस्थाको जगमा रहेर दैलेखले आपूmलाई ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक संस्कृतिले सम्पन्न तुल्याएको छ । समय, काल र परिस्थितिअनुसार दैलेखको परिचयलाई पनि विभिन्न सन्दर्भसँग जोडियो । सुरूमा खसमल्ल शासनकालको शितकालीन राजधानी, त्यसपछि छामगाढ वारीपारी दुईवटा बाइसे राज्य, त्यसपछि रजौटा रहेको ठाउँ, अनि सावर र सुन्तला पाइने ठाउँको रूपमा चर्चीत रह्यो । केही वर्ष पहिलेसम्म मात्र पनि दैलेखको परिचय माओवादी जनयुद्धकालको नौमूले घटना र दुल्लूमा भएको जनयुद्धको नागरिक प्रतिकारसँग जोडिएको थियो । समयले कोल्टो फेर्दैै गयो, परिचय पनि फेरिँदै गयो । वास्तविक परिचय भने फरक हो दैलेखको ।
कालान्तरदेखि नै दैलेखले धर्म, संस्कृति र वीरताको सङ्गमस्थलको परिचय बोकेर बाँचीरहेको छ । यसैले दैलेखको वास्तविक परिचय भनेको धर्म, संस्कृति र वीरताको सङ्गमस्थल नै हो । यहाँका देवल, ढुङ्गामाटो, मठमन्दिर, धारानाउली, गढी पौवा आदिले दैलेखको उत्कृष्ट परिचयलाई अहिलेसम्म पनि जिवन्त तुल्याईरहेका छन् । यिनै अवशेषहरूमा घोत्लिएर हेर्ने हो भने वा बुभ्mने एउटा सानो प्रयास मात्र गर्ने हो भने दैलेख, धर्मको जिल्ला हो, संस्कृतिको जिल्ला हो र वीरताको जिल्ला हो । अन्यत्र एकदुईवटा मन्दिर होलान् जिल्ला चिनाउने, दैलेखमा पच्चिसौँको सङ्ख्यामा रहेका छन् । त्यसैले दैलेख धर्मको जिल्ला हो । दैलेखी मानवसमाजलाई धर्मले निरन्तर डो¥याइरहेको छ । अन्यत्र प्रस्तरकलाका एकदुईवटा नमूना होलान वा नहोलान्, दैलेखमा विभिन्न आकारप्रकार र रूपरङ्गका यस्ता उदाहरणहरू सयौँको सङ्ख्यामा रहेका छन् । त्यसैले दैलेख संस्कृतिको जिल्ला पनि हो । अन्यत्र वीरता र बहादुरीको परिभाषालाई व्याख्या गर्नुपर्ने अवस्था होला, दैलेखले प्रारम्भदेखि नै वीरता र बहादुरीको प्रदर्शन गर्दै आएको छ, सामना गर्दै र भोग्दै आएको छ । त्यसैले दैलेख वीरवीराङ्गनाहरूको जिल्ला पनि हो । ठाउँ ठाउँमा रहेका वीरखम्बहरू यसैको प्रमाण हो । यसै कारणले भनिएको हो दैलेख जिल्लालाई धर्म, संस्कृति र वीरताको सङ्गम् भनेर ।
दैलेख जिल्लाले खोलाभरि आगो बल्ने तथा टाकुराबाट खरानीको धुलो उड्ने विचित्रको प्राकृतिक घटनाक्रमलाई धर्मसँग जोडेर आप्mनो संस्कृतिको विकास ग¥यो । यही धार्मिकताको आडमा दैलेखले विभिन्न रितिरिवाज, संस्कार र प्रचलनको जग बसाल्यो । पादुकास्थानको ज्वाला निभिसकेको भएता पनि शिरस्थान र नाभिस्थानको ज्वाला मन्दिरमा ज्वाला बलेकै छ । नाभिस्थानतिरबाट छामगाढ मिसिने खोलाको पानीमा पनि सालको पातको सोली बनाएर सलाई को¥यो भने आगो बल्छ । धुलेश्वरमा पृथ्वीको गर्भबाट खरानीको धुलो निस्किरहन्छ जसलाई भूगर्भशास्त्रीहरू मृतज्वालामूखी भन्न रूचाउँछन् । यही विचित्र प्राकृतिक चरित्रलाई मानवसमाजले ज्वाला देवीको रूपमा पुज्दै आयो । पानीमाथि आगो बल्ने र जमीनको माथिल्लो सतहमा खरानीको धुलो उड्ने प्रक्रियालाई भगवानको शक्ति वा पराक्रम ठानियो । हिन्दू, बौद्ध र जैन सबै सम्प्रदायले यसलाई श्रद्धा गरे, सम्मान गरे, पूजाप्रार्थना गरे । ती स्थानहरूमा आ–आप्mनो कीर्ति छोडे । यही अदभूत चरित्रलाई वैश्वानर ज्वालापुराणमा चित्रण गरियो । दैलेख जिल्ला खसमल्ल शासनकाल र त्यसपछिको बाइसेचौबिसे राज्यकालमा धार्मिक रूपमा बढी प्रभावित रह्यो । त्यसैले यहाँ कि देवल निर्माण भए, कि शिवको मन्दिर, कि भैरवको मन्दिर, कि देवीको मन्दिर र कि मष्टदेवताका स्थानहरू स्थापित गराईए । कृष्ण, विष्णु, राम, हनुमान वा गणेशको पुराना मन्दिर दैलेखमा कतै देख्न पाइदैन । खसमल्ल शासनकाल र त्यसपछिको बाइसेचौबिसे राज्यकालमा राज्यराज्यबीचको आपसी खिँचातानी र लडाई झगडाको सङ्ग्रामभूमिमा विजय प्राप्त गर्नका लागि दैवीशक्तिको आवश्यकता बमोजिम शिव, देवी, भैरव र मष्टहरू स्थापित गरीए । देवीदेउताहरूलाई खुशी तुल्याउन विभिन्न चाडपर्व र अमूर्त प्रचलनहरू विकास हुन गए । धर्मले दैलेखलाई कुलिन संस्कारको विकास गर्न मद्दत ग¥यो । शिरस्थान, नाभिस्थान, कोटीला, धुलेश्वर, पादुका, तल्लो डुङ्गेश्वर, विलासपुर भैरव, मालिका, विन्ध्यावासीनी, विन्द्रासैनी, रावतकोट, जाजरकोटलगायतका स्थानहरूमा पर्व पर्वमा मेला लाग्ने भयो । विभिन्न जात र समुदायपिच्छे दशैँ, तिहार, माघिपर्व, सक्रान्ति, औँसी, पूर्णिमा, गाईजात्रा, लाखेजात्रा, रोपाईजात्रा, जन्माष्टमीका अवसरमा आयोजना हुने मेला पर्वका लागि गीतहरू सिर्जना भए । डेउडा, लहरे बैँसरी, मारूनी, भस्सी, भारत, पञ्चैबाजा, हुडकेजस्ता अत्यन्त जीवन्त अमूर्त सम्पदाहरू रचिए । व्यक्तिमा रहेको कार्य कौशलता, शिप, ज्ञान र प्रतिभाको आधारमा अनि उसले राज्यका लागि गरेको योगदानको आधारमा जातजाति अनि गाउँठाउँका नाम रहन गए । दैलेख जिल्लाको नेपा, कोईरालागाउँ, रावतकोट, लम्जी, दुल्लू, भूर्ती, दवाडा, बाँसकोट, पोखरा, लम्सुलगायतका गाउँहरू क्षेत्रीब्राम्हणका ३९ वटा जातजातिहरूको उदगम्स्थल मानिन्छ । त्यतिमात्र होइन, थापा, खड्का, अधिकारीजस्ता क्षेत्रीय जातिहरू पनि पश्चिम नेपालकै राज्यव्यवस्थाले प्रदान गरेको सरकारी पद अनुसारका जातहरू हुन् । यो दैलेखको विशिष्ठ धार्मिक तथा सांस्कृतिक विशेषता हो ।
प्राकृतिक विशिष्ठता पनि कम् छैन दैलेखको । एउटै बारीको वल्लो कुनामा काफल, ऐँसेलु, सुन्तला र अर्को कुनामा आँप, कटहर फल्ने विशिष्ठता रहेको छ दैलेखको जलवायूमा । काफल, ऐँसेलु र सुन्तला फल्नको लागि चिसो हावापानी चाहिन्छ भने आँप, कटहर फल्नका लागि गर्मी हावापानी चाहिन्छ । तर, दैलेखमा जताततै यस्तो हावापानी रहेको छ । प्रकृतिले पनि दैलेखलाई सुन्दर तुल्याउन मद्दत गरेको छ । प्रकृतिको यही विशेषता भएका कारण खसमल्ल साम्राज्यकालदेखि नै दैलेख सबैका लागि एउटा सपनाको संसार भयो जसलाई प्राप्त गर्न तत्कालीन शासकहरू सदैव लालायित रहे । त्यसैले दैलेखका थुम्का थुम्कामा रहेका भुरेटाकुरे राज्यहरू पटक पटक जितिए, पटक पटक स्थापना गरिए । दैलेख जिल्लाभरि पाइने ढुङ्गे वीरखम्बहरू यसैका प्रमाण हुन् ।
अवलोकनका लागि दैलेख पुग्नु ठूलो कुरो होइन, दैलेख पुगेर के हेर्ने भन्ने कुरा महत्वपूर्ण हो । अवलोकनकर्ताहरूले आ–आप्mनो रूची अनुसार भ्रमण स्थान छनौट गर्न सक्दछन् । काठमाडौँबाट हवाईजहाजको यात्रा गरी नेपालगञ्ज वा सुर्खेत हँुदै दैलेख जाँदा एकदिनमै दैलेख पुगिन्छ । काठमाडौँबाट नै बसको यात्रामा जाँदा करिब १८ घण्टा लाग्छ, रात्री बस सेवा सञ्चालनमा छन् । नेपालगञ्जदेखि दैलेखसम्मकै बाटो कालोपत्रे भइसकेकोले अहिले नेपालगञ्जबाट दैलेख पुगेर दैलेख बजार वरीपरीका २÷४ वटा सम्पदास्थल वा धार्मिकस्थल अवलोकन गरी सोही दिन नेपालगञ्ज फर्कौँ भने पनि भ्याउन सकिन्छ । दैलेखमा अहिले दैनिक करिब तीनसय जना पर्यटकहरूका लागि खानबस्न पुग्ने क्षमताका होटल तथा लजहरू बनीसकेका छन् । माथि उल्लेख गरिएका सबै पर्यटस्थलसम्म पुग्ने मोटरबाटो तथा दैलेख र सुर्खेतबाट भाडाका जीपहरू प्रशस्तै पाईन्छन् । एकपटक हामी पनि दैलेखको यात्राका लागि तयार हुने कि ???

लेखक नानपा–१, कुईकानाका वासिन्दा हुनु हुन्छ हाल ः काठमाडौँ वस्नु हुन्छ



Leave a comment

Your email address will not be published.


*