बालबालिकाको सक्षमता परिवारको प्रयाय जरुरी ः न्यायाधीश आत्रेय

बालबालिकाको सक्षमता परिवारको प्रयाय जरुरी ः न्यायाधीश आत्रेय

ज्वाला सन्देश सम्वाददाता
दैलेख – दैलेख जिल्ला अदालतका न्यायाधीश बिश्वमंगल आत्रेयले भविष्यका कर्णधार बालबालिकालाई सवल र सक्षम बनाउन पहिलो प्रयास परिवारको जरुरी हुने बताएका छन् ।

वाल न्याय प्रणालीमा सामाजिक दायित्व विषयक अन्तरक्रिया कार्यक्रम आफ्नो भनाई राख्दै प्रहरी नायव उपरिक्षक विर वहादुर वली
वाल न्याय प्रणालीमा सामाजिक दायित्व विषयक अन्तरक्रिया कार्यक्रम आफ्नो भनाई राख्दै प्रहरी नायव उपरिक्षक विर वहादुर वली
वाल न्याय प्रणालीमा सामाजिक दायित्व विषयक अन्तरक्रिया कार्यक्रमका सहभागि

वाल न्याय प्रणालीमा सामाजिक दायित्व विषयक अन्तरक्रिया कार्यक्रम आफ्नो भनाई राख्दै प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरे
वाल न्याय प्रणालीमा सामाजिक दायित्व विषयक अन्तरक्रिया कार्यक्रम आफ्नो भनाई राख्दै प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरे

दैलेखमा आयोजित बाल न्याय प्रणालीमा सामाजिक दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा उनले जानी नजानी बिज्याईं गरेको अवस्थामा सुधारात्मक उपचार गरिने भए पनि न्याय प्रक्रियामा आउनै नपर्ने गरी सामाजिक सुधार गर्नु आवश्यक रहेको औल्याएका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले बिज्याईंकर्ता बालबालिकालाई सहुलियत दिने न्याय प्रणाली भए पनि सरोकारवालाहरुले सबै बालबालिकालाई उचित माया दिन सके बालबालिका सवल र सक्षम बन्न सक्ने बताए । त्यस बखत दैलेख जिल्ला अदालतको सिफारिसमा २ महिने बाल मनोविज्ञानको तालिममा सहभागी द्वय अमरबहादुर सुनार, अनु प्याकुरेल, १ महिने समाजसेबी तालिम लिई जिल्ला फर्किनु भएका सुधा कोइराला र गीता बस्यालले तालिममा सिकेको ज्ञान र सीप, कार्य जिम्मेवारी र समन्वय बारे प्रकाश पारे ।
अन्तरक्रियाको क्रममा नेपाल बाल एशोसियनका अध्यक्ष सुरेन्द्र अधिकारी, प्रहरी नायव उपरीक्षक बीरबहादुर ओली, नेपाल बाल संगठनका अध्यक्ष जगतजंग थापा, दैलेखी महिला संजालका अध्यक्ष मोहनमाया प्याकुरेल, नारायण क्याम्पसका अध्यक्ष टेकबहादुर खाण पत्रकाहरु बिष्णु शर्मा, यज्ञराज थापा, रत्न शाही, समाजसेबीहरु डिलकुमारी चन्द, दुर्गा गिरी, दीर्घराज अधिकारी लगायतले बाल अधिकार र न्याय प्रणालीको प्रभावकारिताका विषयमा बोलेका थिए ।
उक्त कार्यक्रमलाई सेभ द चिल्डे्न र सामाजिक सेवा केन्द्र(सोसेक) नेपाल, दैलेखको साझेदारीमा संचालित एकिकृत परियोजनावाट सहयोग भएको थियो ।

प्रतिक्रिया