महिला राष्ट्रपति निर्वाचित भएको खुशीमा खुशीयालीमा दीपावली

महिला राष्ट्रपति निर्वाचित भएको खुशीमा खुशीयालीमा दीपावली

व्यवस्थापिका संसदमा आज भएको राष्ट्रपति पदको निर्वाचनमा बिद्यादेवी भण्डारी निर्वाचित हुनुभएको छ । उहाँ ३ सय २७ मत प्राप्त गरी सो पदमा निर्वाचित हुनुभएको हो । सो पदका प्रत्यासी कुलबहादुर गुरुङ्गले २ सय १४ मत प्राप्त गर्नुभएको थियो । कुल ५ सय ४९ मत खसेको मध्ये ८ मत बदर भएको थियो । Dip Dailekh rastapati
गत महिना भएको प्रधानमन्त्री पदको निर्वाचनमा सत्ता साझेदारी गरेको एमाओवादी, राप्रपा नेपाल लगायत साना दलहरुको गठबन्धनको मत पाएर नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी भोजपुर जिल्लाको मानेभञ्ज्याङ्ग गाविस–२ मा २०१८ साल असार ५ गते जन्मनु भएको थियो ।
नेकपा एमालेको बहुदलीय जनबादका प्रतिपादक पूर्व महासचिव मदन भण्डारीकी धर्मपन्ती विद्यादेबीकी जेठी छोरी उषाकिरण भण्डारीले उमेश थापासंग विवाह गर्नुभएको छ भने उहाँका साथमा कान्छी छोरी डा. निशाकुसुम भण्डारी हुनुहुन्छ ।
पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष पदको अलवा अनेमसंघको अध्यक्ष हुनुहुन्छ । उहाँ राष्ट्रपति निर्वाचित भइसकेपछि अहिले बाहल रहेको व्यवस्थापिका सदस्य र सबै राजनीतिक जिम्मेवारीबाट राजीनामा दिनुपर्ने कानूनी व्यवस्था छ ।
२०३५ मा भोजपुर क्याम्पसबाट तत्ककलीन नेकपा (माले) सम्बद्ध युवा लिगबाट संगठित राजनीतिक यात्रा आरम्भ गर्नु भएकी विद्यादेवी भण्डारीले २०५० सालको उपनिर्वाचनमा र २०५१ सालको मध्यावधि निर्वाचनमा समेत काठमाडौं क्षेत्र नम्बर १ बाट र २०५६ मा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई राजकीय स्थानमा प्रवेश गर्नु भएको थियो ।
२०५४ सालमा नेपाल सरकारको जनसंख्या तथा वातावरण मन्त्री र २०६७ देखि २०६९ सम्म नेपाल सरकारको रक्षा मन्त्रीरुपमा जिम्मेवारी बहन गर्नुभएको थियो ।

प्रतिक्रिया