महिला तथा बालबालिकाको भवन बनेपछि मुद्दा हेर्न सहज

महिला तथा बालबालिकाको भवन बनेपछि मुद्दा हेर्न सहज

गोविन्द के.सी.
दैलेख – साँगुरो कोठामा सिमित महिला सेलका कारण काममा कठिनाई हुने गर्दथ्यो । छुट्टै भवन नहुँदा महिला तथा बालबालिकाको मुद्दाहरु एकै ठाँउबाट हेर्नुपर्ने बाध्यता समेत रहेको थियो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय हाताभित्र महिला तथा बालबालिकाका मुद्दाहरु हेर्नका लागि छुट्टै भवन बनेपछि कामकार्वाहीमा सहज भएको जनाईएको छ । हलसहित दुई कोठे भवन बनाईएको हो । भवनलाई सुविधासम्पन्न बनाईएको छ । दुई महिला प्रहरी सहायक निरिक्षकले महिला तथा बालबालिकाहरुसंग सम्वन्धीत मुद्दा हेर्न कार्यरक्त छन् । शान्त वातारणमा हिसांमा परेका महिलादेखी बालबालिकासम्मका मुद्दाहरु अनुसन्धानमा निकै राम्रो भएको जनाईएको छ ।

महिला तथा वालवालिका सेवा केन्द्रलाई सामाग्री हस्तान्तरण गर्दै
महिला तथा वालवालिका सेवा केन्द्रलाई सामाग्री हस्तान्तरण गर्दै
जिल्ला प्रहरी कार्यालयहाताभित्र बनाईएको महिला तथा बालबालिका सेवा केन्द्रको भवन
जिल्ला प्रहरी कार्यालयहाताभित्र बनाईएको महिला तथा बालबालिका सेवा केन्द्रको भवन

आर्थिक वर्ष ०७०÷०७१ मा ठाडो उजुरी ४३ वटा गरेको थियो । जसमध्ये ३९ मिलापत्र र ४ मुद्दाका निवेदक नै नआएका कारण अघि बढ्न नसकेको जनाईएको छ । जसमा २० महिला, ५ बालक र १७ बालिका हराएकामध्ये १२ महिला, ३ बालक र १२ बालिका फेला परेको महिला तथा बालकालिका शाखा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै आर्थिक वर्ष ०७१÷०७२ १ सय ६३ वटा महिला तथा बालबालिकासंग सम्वन्धित मुद्दाहरु (ठाडो निवेदन) परेका थिए । १ सय ५ मिलापत्र गरिएको देखीएको छ भने ५० निवेदक नै आएर ढिसमिस भएको र केही जिल्ला अदालतमा गएको देखीएको छ । १९ महिला, ४ बालक र ४ बालिका हराएको निवेदन परेको थियो । महिला १५, बालक ३ र बालिका ४ जना फेला परेको प्रहरी रेर्कडमा हेर्न सकिन्छ ।
त्यस्तै ०७२÷०७३ मा १ सय ३ प्रहरीमा ठाडो उजुरी परेका छन् । ६६ मिलापत्र गरिएको छ । प्रहरी रेर्कडमा ४ महिला, २ बालक हराएको निवदेश परेको छ । जसमा २ महिला र १ बालक फेला परेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७२÷०७३ मा १६ बहुविवाह, कतब्य ज्यान १, जवरजस्तीकरणी १ र आत्महत्या ४ वटा रहेको प्रहरीले जनाएको छ । विवाह गरेर गएकाले धेरै महिला तथा बालकाहरु हराएर निवेदन आउने गरेको प्रहरी अनुसन्धानमा देखीएको छ ।
यहाँबाट धेरैजसो तराईका जिल्लामा गएको भेटिएको दैलेख प्रहरी प्रवत्ता प्रहरी निरिक्षक पुष्करबहादुर चन्दले बताए । लामो समय घरमा पुरुषहरु नहुँने घरका महिलाहरु धेरै हराउने÷विहे गर्ने गरेको भेटिएको चन्दले बताए । अहिले महिला तथा बालबालिका सेवा केन्द्रमा प्रहरी सहायक निरिक्षक विष्णुदेवी गैंरेको नेतृत्वमा प्रहरी सहायक निरिक्षक गोमा बुढा, प्रहरी जवान देवेन्द्र पोखरेल, प्रहरी महिला जवान गोदा चौधरी कार्यरक्त छन् । सेभ द चिल्ड्ेन र सामाजिक सेवा केन्द्र (सोसेक) को साझेदारीमा संचालित एकिकृत परियोजनाले कार्यालय ब्यवस्थापनमा सहयोग गरेपछि महिला तथा बालबालिकासंग सम्वन्धित मुद्दाहरु अनुसन्धानमा ठुलो सहयोग मिलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया