नेपाली नारीको जीत

नेपाली नारीको जीत

प्रेमबहादुर शाही
प्रेमबहादुर शाही

भनिन्छ “नारी हुन श्राप होईन, सौभाग्य हो ।” नारीसँग असम्भावनामा पनि सम्भावना देख्न सक्ने, दुःखमा पनि सुखको अनुभव गर्न सक्ने र चुनौतिमा पनि सफलता प्राप्त गर्ने सक्ने क्षमता हुन्छ । आफ्नो हक अधिकारको लागि सात दशकसम्म कठोर संर्घषको लडाईमा होमिएका नेपाली जनताले वि.स.२०७२ असोज ३ गते संविधानसभाबाट नयाँ संविधान प्राप्त गरेसँगै आधुनिक नेपालको इतिहासमा पहिलो पटक राष्ट्रको सर्वोत्कृष्ट पदमा नेपाली नारी विद्यादेवी भण्डारी पुग्न सफल हुनुु भएको छ । नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी विद्यादेवी भण्डारी वि.स.२०७२ कार्तिक ११ गते राष्ट्रपति चुनावका लागि ब्यवस्थापिका संसदमा बहुमतीय निर्वाचन प्रणालीमा गई १ सय १३ मतले विजय हुनु भएको छ, भण्डारीले ३ सय २७ मत पाउनु भएको थियो, भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री कुलबहादुर गुरुङले २ सय १४ मत पाउनु भएको थियो । भण्डारीले आज प्रधान न्यायाधिशबाट २ वजे राष्ट्रपतिको सपथ लिदैं हुनुहुन्छ ।
नेपालमा गणतन्त्र आएको ७ वर्ष मै दोस्रो राष्ट्रपतीको पदमा महिला पुग्नु भएको हो । यो नै नेपाली नागरिककोसँगै नारीको पनि जीत हुन पुगेको छ । नेपालले राष्ट्र अध्यक्षको रुपमा महिला पाएपछि विश्वको राजनीतिकको ध्यान अहिले नेपालतिर तानिएको छ । सदावहार पुरुषहरुको मात्र इतिहास रहदैं आएको नेपाल आज त्यो इतिहास तोडिई कार्तिक ११ गतेबाट नयाँ इतिहास नेपालले रचेको छ । हो आज नारीलाई खाना, नाना र ओछयान तताउन मात्र सिमित राख्ने पुरुषप्रधान समाजको अन्त्य भएको छ ।
संसदीय अभ्यासको छोटो समय अवधिमा पनि झण्डै आधा दर्जन महिलाहरु राज्यको उच्च निकायमा पुग्न सफल हुनुभएको छ । अन्तरिम संसदले वि.स.२०६३ ले १६ जेठमा ३३ प्रतिशत अनिवार्य महिलाको सहभागिता हुनैपर्ने संकल्प प्रस्ताव पारित गरेको थियो, त्यही प्रस्ताव अनुसार राज्यका रहेका निकायमा अनिवार्य महिलाको ३३ प्रतिशत सहभागि हुनुपर्ने बाध्यकारी बनायो । यसैको निरन्तरता अनुरुप आज देशको सर्वोत्तम उच्च गरिमामय पदमा पहिला पुग्नु भएको हो । १७ वर्षको किशोर अवस्थाबाट मालेको राजनीतिक यात्रा गर्नुभएको भण्डारी झन्डै करिव ४ दशक पछि विभिन्न आरोह अवरोहको सामना गरी आज राष्ट्रपति बन्नु भएको छ । नेपाली काँग्रेका सक्रिय होनहार हस्ती पूर्व महासचिव समेत रहेका मदन भण्डारीसँग उनको वैवाहिक सम्बन्ध बाधिएको थियो । वि.स. २०५० सालमा विवादास्पद सडक दुर्घटनामा उनका श्रीमानको मृत्यु भएपछि भण्डारीकोे जीवन वियोगान्त बनेको थियो । त्यसै वियोगलाई छिचोल्दैें राजनीतिमा आफ्नो सक्रियाता झन अगडी बढाउनु भयो । त्यसैको प्रतिफल अनुसार आज वियोग पछिको भण्डारीको जीवन सौभाग्यको संयोग बन्न पुगेको छ । नयाँ संविधान जारीसँगै एमाओवादीको सभासद समेत रहनु भएकी ओनसरी घर्ति पनि ब्यवस्थापिका संसदको सर्वहमतिबाट नेपालको पहिलो महिला सभामुख भईसक्नु भएको छ । दुवै जना महिला देशको उच्च ओहोदामा पुगेपछि सम्पूर्ण देशभक्त स्वाभिमानी नेपालीहरूमा एक प्रकारले हर्षोल्लास छाएको छ । नारीकै रगतमा होलि खेलेर आफ्नो पहिचानमा दाग लगाउने गरेको नारीको अन्त्य हुनुको साथै नारीपनि मानव हुन र ति नारीसँग दानबको ब्यवहार गर्ने मानिसहरुको अन्त्य भई एक सच्चा देशभक्त नागरीकको जीत भएको छ ।
विद्यादेवी भण्डारीको यो गौरवपूर्ण पदसँगै अवको आउने दिनहरुमा राष्ट्रिय अखण्डता र स्वाधिनताका पक्षमा अडिक रहन सक्नु पर्ने छ । किशोर अवस्थाबाटै राजनीतिमा सक्रियता पूर्व लाग्नु भएको भण्डारी सामु निकै चुनौती रहेका छन । जस्तै जारी भएको संविधानको कार्यान्वयन, संघीयातको मुद्दा र गणतन्त्रको संस्थागत गर्नु फलामको च्युरा चपाउनु सरह हुने निश्चित छ । जति पद पाउँदा खुसी हुनुभएको छ, त्यति जिम्मेवारी वहन गरी आफुमा भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि आएको छ । राष्ट्रपतिको पद ग्रहण गरेसँगै तत्काल उनको काम अघोषित रुपमा भारतीय नाकाबन्दीका कारण नेपालीहरुको जनजीवन अस्तव्यस्त बनिरहेको छ, त्यसलाई सहज बनाउनु पर्ने छ । तराईमा चलिरहेको आन्दोलन तीन महिना वितिसक्दा पनि मथर हुन सकेको छैन । विभिन्न राजनीतिक दलहरुको आ–आफ्ना फरक नीति सिद्धान्त अगाल्दै आएका छन । ती नीति सिद्धान्तलाई एक छिनको लागि थाती राखि राष्ट्र, राष्ट्रियता, स्वाधिनता र सार्वभौमिकता र स्वाभिमान बचाउन सवै एक हनुपर्नेमा अभिभावकको भूमिका निर्वाह गर्ने निकै चुनौति रहेको छ । अवको समयमा सवै एक जुट भएर नलागेमा राष्ट्रियता खतरामा पर्ने निश्चित भईरहेको छ । देशको राष्ट्रियता, स्वाधिनता र सार्वभौमिकतालाई केन्द्रविन्दुमा राखि सवै एक हुन अति आवश्यक छ ।
आज देश शोषित, पीडित र विभिन्न प्रकारले उत्पीडनमा परेका नेपाली जनताको पक्षमा संविधान नभए पनि यो संविधानको मूख्य विशेषता भनेको सामन्ती राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना हो । नेपाली जनता राज्य नपाएर उत्पीडनमा परेका होइनन् । मध्ययुगिन सामान्ती, भ्रष्ट, निरंकुश राजतन्त्रका कारण उत्पीडनमा परेका हुन । नयाँ संविधानले यस्तो प्रकारको राज्य ब्यवस्थाको अन्त्य गराएको छ भने, मूलुकलाई पूँजीवादी गणतन्त्रको दिशामा अघि बढाएको छ । वर्तमान अवस्थामा नेपाली जनताले यस्तै प्रकारको शासनपद्धती खोजेका छन । वास्तवमा उत्पीडनमा परेका जनताहरुका लागि आमूल परिर्वतनकारी संविधान अर्थात नौलो जनवादी ब्यवस्था नआएसम्म अधिकार प्राप्त हुनेछैन । तथापी त्यो बाटोमा जानका लागि घोषणा भएको नयाँ संविधान आधारभूत जग हो । निरंकुश राजतन्त्रात्मक संविधानभन्दा यो संविधान प्रगतीशील संविधान हो र यसले नौलो जनवादी राज्य व्यवस्था स्थापना गर्नका लागि आधार तय गरेको छ । देशमा भारतीय नाकाबन्दीका कारण उत्पन्न भएको सङ्कटलाई अवसरका रूपमा उपयोग गरेर एक स्वाधिन र स्वावलम्बी मार्गमा अग्रसर हुने हिम्मत राख्नु पर्ने साथै अन्य देशसँग कुटनीतिक माध्यमबाट नेपालमा भएको समस्याको समाधानका लागि पहल गरी देशको कृर्षि , पर्यटन र पूर्वधारमा क्षेत्रको विकास गरी नेपाललाई समृद्धीको बाटो डो¥याउनु पर्ने छ ।
अन्त्यमा
आधुनिक नेपालको सर्वाेत्कृष्ट पदमा पुग्न सफल हुनु भएको विद्यादेवी भण्डारीलाई मेरो पनि हार्दिक बधाईसँगै आगामी कार्यकाल अझ सफल हुदैं जाउन यही नै मेरो शुभकामना ।

यसमा लेखिएका शब्द लेखकका व्यक्तिगत विचार हुन्

प्रतिक्रिया