बालकका लागि सहयोग

बालकका लागि सहयोग

अमर सुनार
भनिन्छ एक हातले ताली बज्दैन, यसको अर्थ एक जनाले मात्र गर्न खोजेर केही हुन सक्दैन । सहयोग गर्नेहरुको थपिंदै गएमा सहज हुन्छ । दैलेखमा एक जना बालकको शिक्षा दिक्षाको अवसर दिलाउन एक गैसस र सरकारी अधिकारीको प्रयास प्रशंसनीय छ ।

वेवारसिे अवस्थामा जिल्ला प्रहरी कार्यालयमा अड्डासारवाट आएको उमेश
वेवारसिे अवस्थामा जिल्ला प्रहरी कार्यालयमा अड्डासारवाट आएको उमेश
वाल कल्याण गुह वुटवल पठाउदै गर्दा सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापा, वाल अधिकार अधिकृत मोहन पौडेलको विचमा वालक उमेश
वाल कल्याण गुह वुटवल पठाउदै गर्दा सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापा, वाल अधिकार अधिकृत मोहन पौडेलको विचमा वालक उमेश
नयाँ कपडा लगाए पछिको उमेश
नयाँ कपडा लगाए पछिको उमेश
वाल अधिकार अधिकृत मोहन पौडेलले वच्चा रुपन्देही लिदै
वाल अधिकार अधिकृत मोहन पौडेलले वच्चा रुपन्देही लिदै

दैलेखको सिंगौडी गाविस–८ उमेश बिक आफ्ना बुबाआमा प्राणघातक एचआईभी एड्सको कारण निधन भएपछि टुहुरो हुनु भएको ३ वर्ष बितिसक्यो, उमेरले उहाँ जम्मै ९ वर्षको हुनु भयो । उहाँका दाजु भारत गएका कारण उतै जान एक्लै भारत जान लागेका उमेशलाई सुर्खेत प्रहरीले दैलेख फर्कायो ।
उमेश दैलेख प्रहरीमा पठाइनु र डीएसपी बीरबहादुर ओली प्रहरी प्रमुखको रुपमा आउनु एकै समय परेको थियो । सानो जातको भनी थाहा पाए गाह्रो पो पर्ला कि भनी फरक गाउँ फरक जात जनाएकाले प्रहरीले उनको खास खवर पत्ता लगानै कठिन भयो ।
बालकले गलत सुचना दिएको अनुमानमा प्रहरी प्रमुखले जिल्लामा बालबालिका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक)लाई सही ठेगाना र नाम पत्ता लगाउन सहयोग मागेपछि सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापाको पहल उमेशको वास्तविक नाम र ठेगाना पत्ता लाग्यो ।
अथक प्रयासबाट नाम, ठेगाना लगायत उहाँका बुबाआमाको एचआईभी एड्सको कारण मृत्यू भएको पत्ता लागेपछि उचित शिक्षाको लागि पहल भयो, अध्यक्ष जिल्ला वाल कल्याण समिति एवम् प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमीरेको पहलबाट बुटवल बाल कल्याण गृहमा पढ्ने बातावरण समेत मिलाउने गरी पठाइएको छ ।
डेढ महिना जिल्ला प्रहरी कार्यालयकै संरक्षणमा राख्दा बालकको तीक्षणता र परिस्थितिका कारण बाल कल्याण गृह नै उचित बिकल्प ठानेर आजै पठाइएको डीएसपी ओलीको भनाई छ ।
बालकलाई सुरक्षित तरिकाबाट बुटवल पु¥याउन महिला तथा बालबालिका कार्यालयका बाल अधिकार अधिकृतलाई पठाइएको । बालकलाई बुटवल पठाउन यातायात खर्च र न्यानो कपडाको व्यवस्था सेभ द चिल्ड्ेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा संचालित एकिकृत परियोजनाबाट गरिएको संस्थापक अध्यक्ष हीरासिंह थापाले बताउनुभयो ।

प्रतिक्रिया