द्धितिय दैलेखी युथ कप खेल महोत्सवमा ४ खेल हुने

द्धितिय दैलेखी युथ कप खेल महोत्सवमा ४ खेल हुने

ज्वाला सन्देश सम्वाददाता
दैलेख – सामाजिक रुपान्तरणको अभियानमा सक्रिय सम्पूर्ण दैलेखी यूवाहरुको साझा समुह दैलेखी युथले द्धितिय दैलेखी युथ कप खेल महोत्सवको कार्यतालिका सार्वजनिक गरेका छन् । युथले दैलेख सदरमुकाममा आयोजित पत्रकार सम्मेलन मार्फत खेल महोत्सवको कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार १५ गते विहान ¥याली सहित बजार परिक्रमा हुनेछ । कात्तिक २० गते खुल्लामञ्च टुडिखेलमा समापन गरिने जनाईएको छ ।

दैलेख युथले संचालन गरेको पत्रकार सम्मेलन
दैलेख युथले संचालन गरेको पत्रकार सम्मेलन

महोत्सवमा ४ खेल समावेश गरिने दैलेखी युथका अध्यक्ष प्रेमबहादुर शाहीले बताए । खेलहरुमा भलिवल (महिला) र पूरुष छुट्टाछट्दै हुनेछ भने, फुटवल, ब्याटमिन्टन र टेवुलटेनिस खेलहरु हुनेछन् । महिला भलिवलको प्रथमलाई १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईने छ भने द्धितियलाई ५ हजार नगद सहित मेडल र प्रमाणपत्र दिईने छ । पुरुष भलिवलमा प्रथम हुनेलाई २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईने छ । महिला पुरुष भलिवलमा दुवै खेलमा उत्कृष्ट खेलाडीलाई ट्रफि सहित प्रमाणपत्र दिईने कोषाध्यक्ष सुसिल देउजाले बताए । त्यस्तै फुटवल खेलमा प्रथम हुनेलाई ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईने पत्रकार सम्मेलनमा जानकारी दिईयो । फुटवलमा द्धितिय हुनेलाई १५ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र दिईने छ । ब्याटमिन्टनमा प्रथम हुनेलाई ८ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईनेछ । द्धितिय हुनेलाई ४ हजार नगद सहित मेडल र प्रमाणपत्र दिईने दैलेखी युथका सचिव मनोज भण्डारीले बताए । त्यस्तै टेवलटेनिस खेलमा प्रथम हुनेलाई ४ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईने र द्धितिय हुनेलाई २ हजार नगद सहित मेडल र प्रमाणपत्र दिईने दैलेखी युथले राखेको पत्रकार सम्मेलनमा कोषाध्यक्ष देउजाले जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा समाजमा रहेका यूवाहरुलाई खेलका माध्यमद्धारा सामाजिक सशक्तिकरणतर्फ उन्मुख गराईने दैलेखी युथका यूवाहरुले बताए । दैलेख युथले दैलेखलाई काठमाडौमा समेत चिनाउने क्रियाकलाप गरेको जनाईएको छ । खेल महोत्सव सवैको महोत्वस भएकाले सम्पूर्ण दैलेखीहरुले सहयोग गर्नुपर्ने युथका सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया