पेन्सनपछि समाजसेवा

पेन्सनपछि समाजसेवा

गोविन्द केसी
दैलेख – वेलपाटास्थित चुप्राका यक बहादुर राना ७५ वर्ष आघिसके । उनी भारतिय सेनाको सुवेदार पदबाट पेन्सन निस्केको पनि २२ वर्ष पुग्यो । त्यसयता उनले शहरमा घरजग्गा बनाएर बस्ने कल्पना समेत गरेनन् । शहरको सुखसुविधाको मोह त्याग्दै उनी गाँउको माया र विकासका लागि सधै अग्रणी भएर खटिरहे । २८ वर्षसम्म जाँगीरको दौरानमा उनी भारतका धेरै ठाँउ चाहारे । धेरै ठाँउमा सामाजिक सेवा गरे त धेरै अनुभवहरु सम्हाले पनि ।

आफ्नो अगुवाईमा चुप्रामा बनाईएको धारामा फोटो खिचाउँदै यक बहादुर राना
आफ्नो अगुवाईमा चुप्रामा बनाईएको धारामा फोटो खिचाउँदै यक बहादुर राना

जव उनी जाँगीरबाट पेन्सन पकाएर आफ्नै गाँउमा आए, त्यसपछि समस्यैसमस्या देखे उनले । नजिकै रहेको लोहोरे खोलाकै पानीमा निर्भर गाँउलेहरुलाई पानीको प्रवन्ध मिलाउन उनी दिनरात खटिए । विहानसाँझ खोलामा पानी लिएको स्थानीय महिलाहरु जाँदा आफुलाई हिनताबोध हुने यकबहादुर बताउँछन् । त्यसपछि गाँउमा खानेपानीका लागि पैसा जुटाएर केही योजना समेत गरेका उनले आफुलाई केही सितल महशुस भएको अनुभव छ उनको । गाँउमा खानेपानी बाहेर विद्यालयको कोठाको पनि उस्तै समस्या । भारतीय राजदुतवास कल्याणकारी कोषबाट प्रति कोठा ६० हजारका दरले स्थानीय विद्यालयहरुमा भवन पनि बनाए । अहिले उनी पेन्सन आएको पनि २२ पुग्यो । त्यतीबेला उनकै पहलमा बनाईएका धाराहरु निकै कम भए । अहिले जनसंख्या पनि ह्वतै बढ्यो चुप्रामा । अहिले ३ सयदेखी ५ सय हाराहारीमा घरहरु बनिसके ।
समाजसेवी यकबहादुरकै पहलमा ३ महिला पहिले भारतिय राजदुतावासको कल्याणकारी कोषबाट १० लाख ८८ हजारको खानेपानीका सामाग्री किनेर ल्याए । त्यतीले मात्र खानेपानी निर्माण नहुँने भएपछि उनले सरकारी निकायका ढोकाहरु धाए । त्यसपछि ज्यालादारीको पैसा उपापबाट ३ लाख ३० र गाविस र जिविसले १५ हजार उपलब्ध गराएपछि ३ महिनैमै यकबहादुरको नेतृत्वमा तयार भयो खानेपानीका धाराहरु । सांग्रीला जर्सी चौक खानेपानी योजनाको काम द्रुत गतिमा गरिएसंगै ३ महिनामै चुप्राबासीले खानेपानी पाए । १३ धारा मार्फत १ सय ३२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । ३२ सय मिटर लामो पाईपलाइनपछि चुप्रा नजिक १६ सय घनमिटरको टंकी बनाएर चुप्राभरी वितरण गरिएको अनुमगन समितिका संयोजक समेत रहेका यक बहादुर रानाले बताए । łधारा टाढा भएकाले खोलाको पानीमा निर्भर हुनुपथ्र्यो । “सामाजिक अगुवा रानाले भने, धाराबाट पानी चलेपछि मन हर्षित भएको छ ।” सफा पानी पिउन पाउन भनेर २२ वर्षअघिदेखी खानेपानीका लागि काम गरेको अहिले सन्तोष मिलेको उनले बताए ।
वर्षेनी वडा भेला मार्फत खानेपानीको माग गर्दा समेत योजना र रकम धेरै लाग्ने भएकाले कहिल्यै पुरा हुन सकेन् । खानेपानी योजनाकी अध्यक्ष मिना खड्काले भनिन् उहाँ (यक दाई) को पहलमा सफा शुद्ध खानेपानी ल्याउन सफल भईयो ।

प्रतिक्रिया