द्धितिय दैलेखी युथ कप खेल महोत्सव उद्घाटनको फोटो फिचर

          |   प्रकाशित मितिः आइतवार, कार्तिक १५, २०७२     ::: 575 पटक पढिएको   |  

दैलेख – दैलेख सदरमुकामस्थित खुल्ला मञ्च टुडीखेलमा द्धितिय दैलेखी युथ कप खेल महोत्सवको एक समाहरोहका विच उद्घाटन भएको छ । जिल्ला अदालत दैलेखका जिल्ला न्यायधिश बिश्वमंगल आत्रेयलको प्रमुख अतिथिमा उद्घाटन भएको हो ।

उद्घाटन समाहरोहमा अतिथिहरु

उद्घाटन समाहरोहमा अतिथिहरु

उद्घाटन समाहरोहमा खेलाईएको भलिवल प्रतियोगिता

उद्घाटन समाहरोहमा खेलाईएको भलिवल प्रतियोगिता

दैलेखी युथ कप उपाधीका लागि राखीएको कपहरु

दैलेखी युथ कप उपाधीका लागि राखीएको कपहरु

बजार परिक्रम गर्दै खुल्ला मञ्चतर्फ आउँदै गरेको मार्च पास

बजार परिक्रम गर्दै खुल्ला मञ्चतर्फ आउँदै गरेको मार्च पास

फुटवल प्रतियोगिता

फुटवल प्रतियोगिता

भलीवल प्रतियोगिता सुरुआत

भलीवल प्रतियोगिता सुरुआत

दैलेखी युथले दोस्रो पटक दंशैतिहारको विचमा गर्न लागेको खेल महोत्सवमा जिल्लाभरबाट खेलाडी सहभागी भएका छन् । सामाजिक रुपान्तरणको अभियानमा सक्रिय सम्पूर्ण दैलेखी यूवाहरुको साझा समुह दैलेखी युथले खेल महोत्सवको भब्य समाहरोहविच उद्घाटन गरेको हो । उद्घाटन समाहरोह पूर्व खेलाडीहरुले सदरमुकाममा मार्च पास गरेका थिए । उद्घाटन समाहरोहमा निमित्त प्रमुख जिल्ला अधिकारी गंगाराम गिरी, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, दैलेख प्रहरी प्रमुख (डिएसपी) वीरबहादुर वली, समसुर गुल्मका गुल्मपती रमेश खड्का, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठ, जिल्ला स्थित राजनितिक दलका प्रमुख, तथा प्रतिनिधि, नेपाल महिला संघ दैलेख सभापति सीता कुमारी राना, ब्यापारी तथा खेलप्रेमीहरु सहभागी थिए । द्धितिय दैलेखी युथ कप खेल महोत्सवको कार्यतालिका सार्वजनिक गरेका छन् । युथले दैलेख सदरमुकाममा आयोजित पत्रकार सम्मेलन मार्फत खेल महोत्सवको कार्यतालिका सार्वजनिक गरेको हो । महोत्सवमा ४ खेल खेलाईएको छ । भलिवल, फुटवल, ब्याटमिन्टन र टेवुलटेनिस खेलहरु खेलाईएको दैलेखी युथका अध्यक्ष प्रेमबहादुर शाहीले बताए ।
खेलहरुमा भलिवल (महिला) र पूरुष छुट्टाछट्दै हुनेछ भने, फुटवल, ब्याटमिन्टन र टेवुलटेनिस खेलहरु हुनेछन् । महिला भलिवलको प्रथमलाई १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईने छ भने द्धितियलाई ५ हजार नगद सहित मेडल र प्रमाणपत्र दिईने छ । पुरुष भलिवलमा प्रथम हुनेलाई २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईने छ । महिला पुरुष भलिवलमा दुवै खेलमा उत्कृष्ट खेलाडीलाई ट्रफि सहित प्रमाणपत्र दिईने कोषाध्यक्ष सुसिल देउजाले बताए । त्यस्तै फुटवल खेलमा प्रथम हुनेलाई ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईने पत्रकार सम्मेलनमा जानकारी दिईयो । फुटवलमा द्धितिय हुनेलाई १५ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र दिईने छ । ब्याटमिन्टनमा प्रथम हुनेलाई ८ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईनेछ । द्धितिय हुनेलाई ४ हजार नगद सहित मेडल र प्रमाणपत्र दिईने दैलेखी युथका सचिव मनोज भण्डारीले बताए । त्यस्तै टेवलटेनिस खेलमा प्रथम हुनेलाई ४ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईने र द्धितिय हुनेलाई २ हजार नगद सहित मेडल र प्रमाणपत्र दिईने जनाईएको छ ।



Leave a comment

Your email address will not be published.


*