चुराले बजार पायन, मुस्लिम समुदायका पेशा संकटमा

चुराले बजार पायन, मुस्लिम समुदायका पेशा संकटमा

एच.एस.थापा
दैलेख, वडलम्जी आफैले घरमा निर्माण गरेको चुराले बजार नपाउदा सदरमुकामदेखि ६ कोष टाढा बडलम्जि ५ मा वसोवास गर्ने मुस्लिम समुदायको पुख्र्यौली पेशा संकटमा परेको छ

वनाउदै गरेको चुराको भट्टि र व्यवसायीहरु आगोको रापमा वसेर चुरा वनाउदै ...........
वनाउदै गरेको चुराको भट्टि र व्यवसायीहरु आगोको रापमा वसेर चुरा वनाउदै ………..
विक्री नभई आझेलमा परेको दैलेख वडलम्जी ५ का मुश्लिम समुदायको चुरा व्यवसाय
विक्री नभई आझेलमा परेको दैलेख वडलम्जी ५ का मुश्लिम समुदायको चुरा व्यवसाय

जिल्लाका अल्पसंख्यक मुस्लिम समुदायले आफनै शिप र कलाको माध्यमबाट तयार गरी वजारमा विक्री गरिने चुराले हाल आएर बजार पाउन छाडेको कुरा मुस्लिम समुदायका चुरा व्यवसायी वताउछन् ।
गाउमा घुम्ति व्यवसायको रुपमा घर घरमा डुल्दै व्यापार गर्ने गरेको हाल आएर सस्ता र आधुनिक प्रकारका चुरा बजारमा आएपछि आफुले उत्पादन गरेको चुराले वजार नपाएको गुनासो व्यवसायी ले गरेका छन् ।
आफ्नो लगानी र परिश्रमको आधारमा प्रति चुरा तीन रुपैयाको दरले वेच्ने गरेको र गाउमा अन्न संग चुरा साट्ने चलन भएको मिया थप्छन् । यस्तो वालिघरे प्रथा गाउमा अझै कायम रहेको पाइन्छ । मियाका अनुसार चुरा विक्री गर्नु भन्दा अन्न संग साट्दा केहि राहत हुने बताय ।
सन्ताउन्न घरधुरि भएको यस समुदायमा एक जना मात्र इव्राहिम मियांले प्रवेशिका परिक्षा उत्तिर्ण गरेका छन् । उनका वावुले चुरा व्यवसाय गरेर नै उनलाई पढाएका हुन । आफुले चुरा व्यवसायबाटै घर परिवारको लालन पालन र छोराछोरीको पढाइको खर्च समेत जुटाउदै गरेको तर हाल आएर आफुले उत्पादित चुराले बजार नपाउदा घर चलाउन कठिनाई भएको सलिम मिया बताउछन् । दैलेखि मुस्लिम समुदायले आफनै घर मा कच्चा पदार्थको प्रयोग गरि काडे चुराको निर्माण गर्ने गरेका छन् । काडे चुरालाई बलियो चुराको रुपमा दैलेखि महिलाहरुले प्रयोग गर्दछन् । यसरी काडे चुरा वनाउदा आगोको रापमा वस्नु पर्ने र त्यसवाट शरिर कालो भएको पनि सलिम थप्छन् । फुटेका चुरा , सिसाका गिलास र मैनको प्रयोग गरी काडेचुरा निर्माण गर्ने गरिएको अर्का चुरा व्यवसायि रहदिप मिया वताउछन । बजारमा सस्ता र आधुनिक चुरा आइ रहेका बेला आफुहरुसंग कच्च पदार्थको अभावमा र उचित बजार नपाउदा व्यवसाय सञ्चालन गर्न कठिनाई हुने गरेको छ मुस्लिम समुदायले बताएका छन् । यहाको अल्प संख्यक मुस्लिम समुदाय परापुर्व कालदेखि चुरा व्यवसाय बाट जिवन यापन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया