नेता नसच्चिए पार्टीमा ठुलो संकट निम्तने

नेता नसच्चिए पार्टीमा ठुलो संकट निम्तने

ज्वाला सन्देश सम्वाददाता
दैलेख दिपावलीको अवसरमा कांग्रेशजनको शुभकामना आदन प्रदान कार्यक्रम भएको छ । नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेखद्धारा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश नेता कार्यकर्ताले अब काग्रेशजन र नेता नसच्चिए पार्टीमा ठुलो संकट आउने धारणा राखे ।

नेता नसच्चिए पार्टीमा ठुलो संकट निम्तने
नेता नसच्चिए पार्टीमा ठुलो संकट निम्तने
नेता नसच्चिए पार्टीमा ठुलो संकट निम्तने
नेता नसच्चिए पार्टीमा ठुलो संकट निम्तने
नेता नसच्चिए पार्टीमा ठुलो संकट निम्तने
नेता नसच्चिए पार्टीमा ठुलो संकट निम्तने

इतिहाँसका सबै काल खण्डमा नेपाली कांग्रेशले गरेको भुमिकालाई सम्झेर व्यक्ति भन्दा पार्टी ठुलो हो भन्ने मानसिकता कांग्रेसजनमा जाग्न आबस्यक रहेको भन्दै व्यक्तिगत र गुटगत राजनीतिक सँस्कारको अन्त्य गर्नु पर्ने नेताहरुको समिक्षा थियो । एैतिहाँसिक आन्दोलनहरुको नेतृत्व गर्दै यहाँ सम्म उपलब्धी हाँसिल गर्न सफल भए पनि पछिल्लो समय नेतृत्व चुकेकाले पार्टीमा संस्थागत घाटा भएको जसले गर्दा कांगेश समर्थकहरु पनि निरास छन्, यसलाई समयमै जनता सामु बुझाउन पार्टीको १३औ अधिवेशनमा एक भएर गए मात्रै सजिलो हुने कार्यक्रममा सहभागी कांगे्रशहरुको भाव थियो । कार्यक्रम समापन गर्दै नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेखका सभापति सिता कुमारी रानाले काग्रेश नेता कार्यकर्ताले दःुख नगरी जनताले स्वतस्फुर्त रुपमा ठुलो पार्टी बनाइदिए पनि पार्टी नेतृत्व अन्तिममा चुकेकाले पुरै पार्टीलाई नोक्सान भएको छ, यसको लागि ठोस कार्यक्रम र योजना सहित नेता कार्यकता गाउँ गाउँ जानु पर्ने धारणा राखिन् । कार्यक्रममा उपस्थित कांग्रेश नेता कार्यकताले १३औ महाधिवेशन पुर्व फेरी एक पटक समिक्षा गरि पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने कुरामा एक मत समेत भएका छन् । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेशका कार्यबाहक जिल्ल सभापति कर्णबहादुर शाहीले गरेका थिए भने विशेष अतिथि हिमबहादुर शाही र मणीराम रेग्मीले गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रमको संचालन नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेखका सचिव दुर्गा श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया