मातृभाषा सिकाउन भारतबाट शिक्षक

मातृभाषा सिकाउन भारतबाट शिक्षक

ज्वाला सन्देश सम्वाददाता
दुल्लू, दैलेख – मातृभाषा सिकाउन यहाँको एक विद्यालयमा भारतबाट शिक्षक झिकाएर उर्दू र अरबी भाषामा पढाई भएको छ । हाल दुल्लू न.पा. १० साविक वडलम्जी –५ कुराहाँस्थित मदरसा काँदरियो ओ मदिना प्राविमा अरबी र उर्दु भाषामा तत्कालिन प्रधानाध्यापक ईव्राहिक मियाँको पालादेखी ४ वर्षअघिबाट पढाई सुरु गरिएको हो ।
यहाँका मुस्लिम समुदायले उर्दू र अरबी बिर्सेपछि भारतको लौकाहीबाट ३ वर्षअघिदेिख मातृभाषा शिक्षक मुस्तफा खाँलाई बोलाएर अध्यापन सुरु गरिएको हो । मुस्लिम विद्यार्थीसगै मदरसामा अध्यायनरत हिन्दुधर्मालम्बि दलित र ठकुरी समुदायका ३० देखी ४० जनासम्म विद्यार्थीहरुले समेत अरबी र उर्दु मातृभाषा पढ्ने गरेका छन् ।
दुई वर्षअघि गाविस र जिविसले मदरसाको दुई कोठे भवन निर्माणका लागि साढे सात लाख सहयोग गरेको छ । विद्यालय भवन पार्न निकै मेहेनत गर्नुपरको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुधेँ मियाँले बताए । मुस्लिम गाऊँ कुराहाँका ५८ घरधुरीले चन्दा उठाएर ३ शिक्षकलाई तलव खुवाउने गरेका छन् । “गाउँमा उर्दू र अरबी भाषा बोल्न सक्ने नभएकाले भारतबाट शिक्षक झिकाईएको हो ।” अध्यक्ष मियाँले बताए ।
२०६४ सालमा जिल्ला शिक्षा कार्यालयबाट मान्यता पाएको जिल्लाको एक मात्र मदरसा हो । कक्षा ५ सम्म पढाई हुने यस मदरसामा धन्नै २ सय विद्यार्थी छन् भने दरवन्दी १, पिसीएफ जिशिका र ३ स्थानीय श्रोतबाट तलव खानेगरी शिक्षकहरु पढाउने गरेका छन् । मुस्लिम समुदायलाई जिविस र शिक्षाले शिक्षा, रोजगार तथा विकासमा प्राथमिकता नदिएको कुराहाँका अगुवा ईव्राहिक मियाँले गुनासो गरे ।
मदरसाको विकासमा सम्वन्धीत निकायहरुलाई सहयोगको लागि अनुरोध गरिएको प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले ज्वाला सन्देशलाई बताए । ‘बाहिरबाट शिक्षक झिकाएर अरवीक र उर्दु भाषाको पढाई निरन्तर चलेको छ ।’ उपाध्यायले भने । थोरै तलवमा यहाँसम्म शिक्षकहरु ल्याउन मुस्किल हुने उपाध्यायको भनाई छ । जिल्लामा रहेका एक मात्र अल्पसंख्यक मुस्किलम समुदायको विकासका लागि सहयोग गर्न समुदायका अगुवा मियाँले आग्रह गरे ।

प्रतिक्रिया