मध्यपहाडी चुप्राबाट लैजान दवाव

मध्यपहाडी चुप्राबाट लैजान दवाव

गोविन्द के.सी.
्दैलेख – मध्यपहाडी लोकमार्गको ट्याक दैलेख सदरमुकामबाट खोल्न स्थानीयले लामो समयदेखी अवरोध गरेपछि चुप्राबासीले चुप्राबाटै लैजानका लागि दवाव दिएका छन् । उनीहरु चुप्रामा संर्घष समिति घोषणा गरी आन्दोलनका कार्यक्रम गरी मध्यपहाडी आयोजनालाई चुप्रा हुँदै लैजानको लागि दवाव दिएका हुन् ।

संर्घष समितिद्धारा चुप्रामा हस्ताक्षर अभियान गर्दै
संर्घष समितिद्धारा चुप्रामा हस्ताक्षर अभियान गर्दै

उनीहरुले विहीवार चुप्रा बजार परिक्रम गरी वृहत रुपमा हस्ताक्षर संकलन कार्यक्रम गरेका छन् । परिक्रम पछि खुल्ला हस्ताक्षरका लागि बसपार्कमा हस्ताक्षरका लागि संर्घष समितिले टाँसेको छ । सदरमुकामका ४ स्थानबाट ट्याक खोल्नका लागि मध्यपहाडी आयोजना र स्थानीय प्रशासनले पहल गरेपनि स्थानीयले अवरोध गरेपछि अलपत्र परेको भन्दै चुप्राबासीले निकासका लागि आफुहरु तयार भएको उद्घोष गरेका हुन् ।
उनीहरुले केही ब्यक्तिहरुकै कारण राष्ट्रको गौरवको आयोजना विवादित गराएर रोक्न खोजेको भन्दै चुप्राबासीहरुले निकासका लागि जस्तोसुकै आन्दोलन गर्न पछि नहट्ने बताएका छन् । मध्यपहाडी लोकमार्ग लोहोरे हुँदै सदरमुकाम छोएर छामघाट जानुपर्नेमा स्थानीयले अवरोध गरेपछि चुप्रा हुँदै छामघाट जोड्नका लागि संर्घष समिति गठन गरेर आन्दोलित भएका हुन् । चुप्राबासीहरुले रविन्द्रकुमार डिसीको संयोजत्वमा ३५ सदस्यिय मध्यपहाडी लोकमार्ग निकास संर्घष समिति गठन गरेका छन् । संर्घष समितिले हस्ताक्षर अभियान, स्थानीयलाई जागरुप अभियान तथा वृहत अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
चुप्रा हुँदै जिल्लाको धार्मीम पर्यटकिय क्षेत्र पंचकोशीबाट छामघाट जोडिए दैलेखको भविष्य नै फेरिने संर्घष समितिका सदस्य ईमानसिह रानाले बताए । अवरोधको विकल्प निकास नै भएकाले आफुहरुले बाध्य भएर आन्दोलन गरेको संर्घष समितिका संयोजक रविन्द्रकुमार डिसीले बताए । आफ्ना मार्गहरुबारे मध्यपहाडी लोकमार्ग डिभिजन कार्यालय दाङमा लिखित रुपमै जानकारी गराउने संयोजक डिसीको भनाई छ ।

प्रतिक्रिया