दैलेखी यूथ कपको विजेता घोषणा

दैलेखी यूथ कपको विजेता घोषणा

ज्वाला सन्देश सम्वाददाता
दैलेख – ६ दिनदेखी दैलेख सदरमुकामका विभिन्न खेलकुद मैदानहरुमा भएको दैलेखी यूथ कप खेल महोत्सव शुक्रवार खेलका विजेता घोषणा गरी नगद पुरस्कार सहित कप तथा मेडल, प्रमाणपत्र वितरण गरिएको छ । विभिन्न ४ खेलहरु भएको प्रतिस्पर्धाबाट छानिएका विजेता तथा उपविजेताहरुलाई एक समहरोहका विच सम्मान गरिएको हो । bijaya

उद्घाटन समाहरोहमा खेलाईएको भलिवल प्रतियोगिता
उद्घाटन समाहरोहमा खेलाईएको भलिवल प्रतियोगिता

१० टिमविच भएको रोमान्चपूर्ण फुटवल खेलमा अन्ततः आयोजक दैलेखी युथको बर्जश्व रहयो । फाईनल प्रतिस्पर्धामा जिल्ला खेलकुद विकास समितिको टिम दोस्रो स्थानमा चित्त बुझाउनु प¥यो । फुलवल खेल महोत्सवकै भलिवलपछिको आर्कषक खेलका रुपमा रहयो । ब्याटमिन्टनमा ७ टिम प्रतिस्पर्धामा उत्रेकोमा उत्तम श्रेष्ट र राम हमाल प्रथम भए । त्यस्तै अर्जुन श्रेष्ठ र चक्र सारुको टिम दोस्रो भए । १७ टिम प्रतिस्पर्धामा उत्रेका टेवुलटेनिसमा सुमन शाही प्रथम भएभने नेपाल प्रहरीका कालुसिह थापा दोस्रो भए । ४ टिम दर्ता भएको महिला भलिवलमा जिल्ला खेलकुद विकास समिति प्रथम भयो । निकै प्रतिस्पर्धाविच सरस्वाती उमावि औईरी डाँडाँपराजुल दोस्रो स्थानमा चित्त बुझाउनुप¥यो ।
त्यस्तै पूरुष भलिवलमा १२ टिम दर्ता थिए । ती मध्ये साईनिङ यूवा क्वल चुप्रा प्रथम भयो । निकै कडा खेलविच जिल्ला खेलकुद विकास समिति दोस्रो स्थान हालपा¥यो । छनौट भएका उत्कृष्ट खेलाडीहरुमा फुटवलमा सुरज शाही, महिला भलिवल हिरा थापा र पुरुष भलिवलमा पवन शाहीलाई मेडल र प्रमाणपत्र दिईएको छ । ब्याटमिन्टनम र टेवुलटेनिसमा उत्कृष्ट खेलाडी छनौट नगरिएको आयोजकले जनाएको छ । सवै विजेता उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई शुक्रवार विशेष समाहरोहकाविच पुरस्कार राशी, मेडल तथा प्रमाणपत्र दिईएको थियो ।
उपाधी हातपार्ने टिमलाई समसुर गुल्मका गुल्मपती रमेश खड्काले बधाई दिर्दै थिए । दैलेख सदरमुकामस्थित खुल्ला मञ्च टुडीखेलमा द्धितिय दैलेखी युथ कप खेल महोत्सवको पुरस्कार वितरण गरिएको हो । दैलेखी युथले दोस्रो पटक दंशैतिहारको विचमा गरेको खेलमा जिल्लाभित्र र बाहिरबाट खेलाडीहरु सहभागी भएका थिए । यूथहरुले आयोजना गरेको खेलले समग्र जिल्लालाई नै खेलमय बनाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए । यूवाहरु खेलका माध्यमद्धारा समाज परिवर्तनमा अहम भुमीहुने र दैलेखमा पनि प्रतिभावान खेलाडीहरुलाई उजागर गरी जिल्लालाई नै चिनाउन सकोस् भनेर खेलको आयोजना गरिएको दैलेखी युथका अध्यक्ष प्रेमबहादुर शाहीले बताए । खेलका विजेता तथा उपविजेताहरुले पुरस्कार तथा मेडलहरु पाएका छन् । पुरस्कृत हुने महिला भलिवलको प्रथमलाई १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरियो भने द्धितियलाई ५ हजार नगद सहित मेडल र प्रमाणपत्र दिइयो । पुरुष भलिवलमा प्रथमलाई २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र र महिला पुरुष भलिवलमा दुवै खेलमा उत्कृष्ट खेलाडीलाई ट्रफि सहित प्रमाणपत्र वितरण गरियो । त्यस्तै फुटवल खेलमा प्रथम हुने टिमले ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र र द्धितिय हुनेलाई १५ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र दिईयो । ब्याटमिन्टनमा प्रथम हुनेलाई ८ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र र द्धितिय हुनेलाई ४ हजार नगद सहित मेडल र प्रमाणपत्र वितरण गरियो । त्यस्तै टेवलटेनिस खेलमा प्रथम हुनेलाई ४ हजार नगद सहित ट्रफि, मेडल, प्रमाणपत्र र द्धितिय हुनेलाई २ हजार नगद सहित मेडल र प्रमाणपत्र दिईयो ।

प्रतिक्रिया