उत्कृष्ट समाचार लेखेबापत दैलेखका ५ पत्रकार पुरस्कृत

उत्कृष्ट समाचार लेखेबापत दैलेखका ५ पत्रकार पुरस्कृत

दैलेख – गत आवमा जिल्लामा रहि उत्कृष्ट समाचार लेखेबापत दैलेखका ५ जना पत्रकारलाई नगद सहित प्रमाणपत्र एक समाहरोहमा दिईएको छ । पुरस्कृत हुने पत्रकारहरुमा नागरिक दैनिकका जिल्ला सम्वाददाता गोविन्द केसी, धुव्रतारा एफएमका बरिष्ठ कार्यक्रम उत्पादक भिमबहादुर सिजापती, कार्यक्रम संयोजक कृष्ण देवकोटा, उज्यालो ९० नेटवर्कका जिल्ला सम्वाददाता अम्मर सुनार र धमाका दैनिका सहसम्पादन कमल शर्मा रहेका छन् ।

जिल्लामा कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनमा पत्रकारिता क्षेत्रबाट योगदान दिनुभई पुरस्कृत हुनुभएका नागरिक दैनिकका दैलेख सम्वाददाता गोविन्द केसी
जिल्लामा कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनमा पत्रकारिता क्षेत्रबाट योगदान दिनुभई पुरस्कृत हुनुभएका नागरिक दैनिकका दैलेख सम्वाददाता गोविन्द केसी

३५ औं विश्व खाद्य दिवशको अवसरमा कृषि क्षेत्रमा कलम चलाउने ५ जना पत्रकारलाई जनही ५ हजार नगद सहित पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, बरिष्ठ कृषि विकास अधिृकत सुर्यनाथ योगी, समसुर गुल्मका गुल्मपती रमेश खड्का, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक पुस्कर चन्द लगायत राजनितिक दलका प्रमुखहरु, कार्यालय प्रमुखहरु सहभागी थिए ।
यस्तै कार्यक्रममा उत्कृष्ट राष्ट्रपती कृषक पुरस्कार पनि वितरण गरिएको थियो । राष्ट्रपती पुरस्कार पाउनेहरुमा सेरीका पशुपती लामेछाने, मालिकाका विष्णुबहादुर शाही र पगनाथका कविराज खत्री रहेका छन् । उनीहरुकालाई जनही १० हजार रुपैँया दिईएको थियो । कृषि र सामाजिक सुरक्षा, गरिवी घटाउने प्रतिवद्धता विषय मावि स्तरिय निवन्ध प्रतियोगितामा ८ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये प्रथम हुनेमा प्रदिप सिजापती, दोस्रो हुनेमा भवेश थापा, तेस्रो हुनेमा दिपिका गुप्ता र सान्त्वना हुनेमा रितु काफले रहेका छन् । उनीहरुका क्रमश प्रथम २ हजार दोस्रो १ हजार ५ सय, तेस्रो १ हजार र सान्त्वना ५ सय नगद पुरस्कार रहेको छ ।
त्यस्तै कृषि क्षेत्रमा विशेष योगदान पु¥याउने किसानहरुलाई पनि सम्मान गरिएको छ । सम्मान हुने किसानहरुमा श्याम राना बेलपाटा, सत्य केसी नानपा १, डम्वरकुमारी केसी नानपा १, मुना थापा नानपा २, रविन्द्र चन्द गोगनपानी, निर्मला खड्का नानपा ७, रेशम थापा नानपा २, तिलक रिजाल दुल्लु नगरपालिका ५, महादिप बडुवाल सिहासैन, तिलकप्रसाद कँडेल कुसापानी, थिरबहादुर कार्की दुल्लुनगरपालिका, भुवनबहादुर थापा रावकोट र प्रेमबहादुर थापा दुल्लु नपा ३ रहेका छन् ।

प्रतिक्रिया