ज्यालादारीको काम छाडेर आफ्नै टेलर्स

ज्यालादारीको  काम छाडेर आफ्नै टेलर्स

गोविन्द केसी
दैलेख – रार्कमकणाली – ३ कि १९ वर्षिया विष्णु थापा माँझी ४ महिनाअघिसम्म अर्काको पसलमा ज्यालादारीमा टेलरिङको काम गर्थिन् । आफुले सिकेको सिप लुकाउनुभन्दा काम गरेर भएपनि थोरै पैसामा धेरै समय खर्चिन्छिन् । विहानदेखी साँझसम्म काम गरेपनि विष्णुले थोरै पैसामै चित्त बुझाउनुपर्दथ्यो । तर, उनले ३ महिलाअघिदेखी आफैले टेलर्सको पसल राखेकी छिन् । रार्कमकै ब्यस्त बजार मानिने तारबजारमा विष्णुले श्रीमानसंगै मिलेर पसल चलाएकी हुन् ।

आफनै पसलमा टेलर्सको काम गर्दै विष्णु थापा माँझी
आफनै पसलमा टेलर्सको काम गर्दै विष्णु थापा माँझी
आफनै पसलमा टेलर्सको काम गर्दै विष्णु थापा माँझी
आफनै पसलमा टेलर्सको काम गर्दै विष्णु थापा माँझी

एउटै घरमा विष्णुले टेलर्स र उनका श्रीमान धर्म माँझीले कष्मेटिक पसल चलाउँछन् । पढ्ने खर्च नहुँदा एसएलसी दिएर घरमै बसेकी विष्णुका लागि आर्यआर्जनका लागि कुनै बाटो नहुँदा ज्यालादारीमा टेलरिङको काम गर्थिन् । एलडब्लुएफ, आईसीसीओ र डिसीएसंगको साझेदारीमा समाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित उत्थानशिल जिविकोपार्जन तथा दिगो खाद्य सुरक्षा परियोजनाको सहयोगमा वशुन्धरा कृषि सहकारी मार्फत लघु उद्यमीको रुपमा टेलरिङ मेशिन र ब्यवसाय सञ्चालन सम्वन्धी तालिम दिएपछि विष्णुको दैनिकि नै परिवर्तन भएको हो । उनले पहिले ज्यालादारीमा मुस्किलले ५ देखी ६ हजारसम्म कमाउथिन् तर, आफ्नै पसल भएपछि टेलर्स र कष्मेटिकबाट १० देखी १५ हजारसम्म आम्दानी गर्ने गरेको विष्णुले बताईन् । अहिले घर भाडामा लिएर विष्णुले ब्यवसाय गरेकी हुन् ।
हाल उनले आफ्नो आम्दानीवाट आफ्ना जेठाजूका छोरा छोरीलाई विद्यालय पढाउने गरेको उनले वताईन । ‘आफुले खर्च नहुदा पढ्न छुटेको सम्झदै उनिहरुलाई किताव कापीको खाँचो हुन नदिन लागि परेको वाईन विष्णुले’ ।
विष्णु एसएलसी दिएर आर्थिक अभावमा पढ्न नसक्ने भएपछि ज्यालादारीमा टेलर्सको काम गर्थिन परियोजनाको सहयोगभएपछि आफ्नै पसल चलाएकी परियोजनाका सहकारी विकास सहजकर्ता महेन्द्र अधिकारीले बताए । विष्णुको पसलमा ग्राहकहरुको पनि निकै भिड् नै लाग्ने गरेपछि खुसी देखी उनी पछिल्लो समय आम्दानी बढ्न थालेपछि हर्षित छिन् ।

प्रतिक्रिया