दैलेखकी चेली गायीका कल्पना थापा मुम्वईमा तिहार विशेष कार्यक्रमहरुमा ब्यस्त

दैलेखकी चेली गायीका कल्पना थापा मुम्वईमा तिहार विशेष कार्यक्रमहरुमा ब्यस्त

ज्वाला सन्देश सम्वाददाता
मुम्मई – दैलेखी आईडल उछिन्दै गायन यात्रामा छिरेकी कल्पना थापालाई अहिले मुम्वईमा हुने कार्यक्रममा आफ्नो प्रस्तुती दिन भ्याईनभ्याई छ । नेपालभरका नयाँ प्रतिभावन गायक÷गायिकाहरुविच प्रतिस्पर्धा गरी गोल्डेन आईडल कल्पना आफ्नो क्यारियर बनाउन मुम्वई छिरेकी हुन् । उनी मुम्वई छिरेयता त्यहाँ हुने कार्यक्रमहरुमा धमाकादार प्रस्तुती दिईरहेकी छिन् ।

आयोजना गरिएको कार्यक्रममा कल्पना थापा सहित प्रचार गरिएको पोष्टर
आयोजना गरिएको कार्यक्रममा कल्पना थापा सहित प्रचार गरिएको पोष्टर
मुम्वईमा भएको एक कार्यक्रममा आफ्नो प्रस्तुती दिदै कल्पना
मुम्वईमा भएको एक कार्यक्रममा आफ्नो प्रस्तुती दिदै कल्पना

कल्पनाको मिठो स्वरकै जादुले अहिले जितदेखी तिहारसम्म हुने विशेष कार्यक्रमहरुमा नेपालका चर्चित कलाकारसंगै मुम्वईमा आफ्नो प्रस्तुती दिईरहेकी हुन् । उनले अहिलेसम्म २० भन्दा बढी स्टेज कार्यक्रमहरुमा स्वरको जादु चलाईसकेकी छिन् । उनको गितले निकै प्रशंसा पनि पाएको छ । त्यहा हुने कार्यक्रमहरुमा सहभागी हुनुका साथै संगित सिक्दै पनि छिन् । इन्डियल आईडलको तयारीमा पनि ब्यस्त छिन् । निरन्तर संगित सिकिरहेकी कल्पना स्टेज कार्यक्रममा ब्यस्त हुने गरेकी हुन् । भविष्यमा सफल र राम्रो गायिका बन्ने सोचका साथ मुम्वई छिरेको कल्पना बताउँछिन् ।
मुम्वईमा आयोजना भएको तिज गित कार्यक्रमदेखी दंशै हुँदै तिहार विशेष कार्यक्रमहरुमा गाउनको लागि मागहरु बढी आएपछि आफ्नो प्रस्तुती देखाएकी थिईन् । आफुले स्टेज कार्यक्रमहरुमा देखाएको प्रस्तुतीहरुले दर्शकहरु सन्तुष्टी भएको कल्पना बताउँछिन् । उनलाई तिहारकोे अवसरमा हुने विभिन्न कार्यक्रम सहभागी हुन भ्याईनभ्याई छ अहिले मुम्वईमा । समय अनुसार नयाँ गित गाउने सोच रहेके उनको भनाई छ ।
उनलाई नयाँ गित रेर्कडको लागि थुप्रै अफरहरु आउने भएपनि हिट हुने खालका गितहरु हेरेर मात्र गाउने सोच रहेको बताउँछिन् । गित गाउनका लागि अफरहरु आएपनि इन्डियन आईडलको तयारीका लागि नभ्याएको कल्पनाले बताईन् । अहिले आफुले हिन्दी गितहरु गाउने अभ्यास गरिरहेको कल्पनाको भनाई छ । मुम्वई लगायत स्थनहरुमा प्रवासी नेपालीहरुको संघसंस्थाहरुले थुप्रै कार्यक्रमहरुको आयोजना गर्ने गरेका छन् ।

प्रतिक्रिया