शिकाइ उपलब्दी न्युन भएका विद्यार्थीलाई अतिरित्त कक्षा

शिकाइ उपलब्दी न्युन भएका विद्यार्थीलाई अतिरित्त कक्षा

गोविन्द के.सी.
दैलेख– शिकाइ उपलब्दि न्युन भएका विद्यार्थीहरुलाई दुल्लुनगर पालिका सहित जिल्लाका ९ गाविसमा अतिरिक्त कक्षा मार्फत अंग्रेजी, गणित र विज्ञान विषय सिकाईने गरिएको छ । कक्षा ३ र ५ का कमजोर विद्यार्थीलाई पहिचान गरी सम्वन्धीत विषयको शिक्षक राखेर अतिरिक्त कक्षाबाटै पढाइ सञ्चालन गरिएको हो ।

 राकमल कर्णालीको एक विद्यालयमा अतिरिक्त कक्षामा पढाईदै
राकमल कर्णालीको एक विद्यालयमा अतिरिक्त कक्षामा पढाईदै
 राकमल कर्णालीको एक विद्यालयमा अतिरिक्त कक्षामा पढाईदै
राकमल कर्णालीको एक विद्यालयमा अतिरिक्त कक्षामा पढाईदै

दुल्लु नगरपालिका सहित ९ गाविसमा ४० वटा विद्यालयमा ४० कक्षा संञ्चालन गरिएको जनाईएको छ । नियमित कक्षाबाट पूर्णरुपमा पढाई पुरा नगरेका विद्यार्थीहरुलाई नयाँ शिक्षकको ब्यवस्थापन गरी थप कक्षा मार्फत अतिरिक्त कक्षामा सामेल गरी पढाईने गरेको सामाजिक परिचालन लक्ष्मी चलाउनेले बताईन् । नगरपालिका र गाविसका विद्यालयमा नियमित कक्षाहरु चलेका बेला विहान ८ बजेदेखी १० बजेसम्म अतिरिक्त कक्षाहरु लिईने गरेको छ ।
त्यस्तै विदाको दिन विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म र ४ देखी ६ बजेसम्म अतिरिक्त कक्षा तथा उपचारात्मक कक्षा शिक्षा लिईने शिक्षिका दुर्गा विसी माँझीले बताईन् । आईतवारदेिख शुक्रवारसम्म २ घण्टा अतिरिक्त कक्षाहरु लिईने गरिन्छ । हिमालय प्रावि, जनज्योती उमावि, दिपेन्द्र प्रावि र ज्ञानोदय प्रावि राकम कर्णालीमा अतिरिक्त कक्षाहरु नियमित चलिरहेको छ । सामाजिक परिचालक लक्ष्मी चलाउनेले भनिन् थप कक्षा सञ्चालन भएदेखि विद्यार्थीहरु पढ्न अभिप्ररित भएका छन् । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालन गरिएको एकिकृत परियोजनाले नगरपालिका सहित १० गाविसमा स्थानीय सहजकर्ता राखी अतिरिक्त कक्षा तथा उपचारात्क कक्षा चलाएको हो ।

प्रतिक्रिया