शिक्षण सिकाई सुधारका लागि पठन शिविर

शिक्षण सिकाई सुधारका लागि पठन शिविर

ज्वाला सन्देश सम्वाददाता
दैलेख – विद्यालय बाहिर रहेका बालबालिका र विद्यालय जाने शिकाई उपलब्धी न्युन भएका विद्यार्थीहरुका लागि प्रत्येक शनिवार पठन शिविर सञ्चालन गरिएको छ । दुल्लु नगरपालिका र ९ वटा गाविसमा गरि त्यस्तो शिविर ३० स्थानमा सञ्चालन गरिएको हो ।

राकम कर्णालीमा शनिवार भएको पठन शिविरमा पढ्दै विद्यालय बाहिर र विद्यालयभित्रका बालबालिकाहरुका साथमा सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा अनुगमनको क्रममा
राकम कर्णालीमा शनिवार भएको पठन शिविरमा पढ्दै विद्यालय बाहिर र विद्यालयभित्रका बालबालिकाहरुका साथमा सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा अनुगमनको क्रममा
राकम कर्णालीमा शिक्षण सिकाई सुधारका लागि पठन शिविरमा पढ्दै विद्यालय बाहिर र विद्यालयभित्रका बालबालिकाहरुलाई सहजीकरण गर्दै सहजकर्ता
राकम कर्णालीमा शिक्षण सिकाई सुधारका लागि पठन शिविरमा पढ्दै विद्यालय बाहिर र विद्यालयभित्रका बालबालिकाहरुलाई सहजीकरण गर्दै सहजकर्ता

विद्यालय बाहिर रहेका बालबालिकालाई कक्षासम्म आउन बानी पार्ने र कमजोर विद्यार्थीलाई पढाई ब्यवहारमा सुधार ल्याउन पढाई शिविर कक्षा चलाईएको हो । पढाई शिविरमा १ कक्षादेखी ३ कक्षासम्मका कमजोर विद्यार्थीलाई पढ्ने बानीमा सुधार ल्याईने उद्देश्य रहेको सेभ द चिल्ड्रेनका शिक्षा कार्यक्रम अधिकृत उपेन्द्र भण्डारीले बताए । पढाई शिविरमा दलित, जनजाती तथा पिछडिएको समुदायमा केन्द्रित गराईएको शिक्षा कार्यक्रम अधिकृत भण्डारीले बताए । सिकाई उपलब्धी कम्जोर भएका, विद्यालयमा उपस्थित कम हुने दलित तथा सिमान्कृत समुदायका वालवालिकालाई लक्षित गरि पठन शिविर संचालन गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका फिल्ड अधिकृत वाशुदेव उपाध्ययले वताए ।
पढाई शिविरमा १ सय मिनेट पढाईन्छ । शिविरमा बालबालिकाहरु बालमैत्री कक्षाको अवधारणा अनुरुपमा खेल्दै, चित्र कोर्दै, मनोरञ्जन गर्दै पढ्छन् । उनीहरुलाई भाषा, गणित र अनुसन्धान विषयको आधारमा पढाईने गरिन्छ । जसका लागि ३ भागमा समुह विभाजन गरी पढाईन्छ । सिमान्कृत वर्गका बालबालिकाहरुलाई शिविरमा प्राथमिकताका साथ राखीन्छ । पढाई शिविरको अर्को उद्देश्य विद्यालय बाहिर र भित्र भएकालाई संगै राखेर पढाउने पनि रहेको छ । जसले गर्दा विद्यालय बाहिर रहेका बालबालिकाहरु कक्षामा विद्यालय पढ्ने विद्यार्थीसंगै बसेर पढ्दा विद्यालय जान अभिप्रेरित हुनेछन् ।
निरन्तर शनिवारको शिविरमा पढेमा मात्र पनि त्यस्ता विद्यार्थीहरुलाई विद्यालय जानका लागि बानी लाग्ने शिविरको उद्देश्य रहेको छ । प्रत्येक शिविरमा पढाउनका लागि तालिम प्राप्त २ जना स्थानीय सहयोगी सहजकर्ता खटिएका छन् । दैलेखमा त्यस्ता पठन शिविरहरुको सेभ द चिल्ड्ेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा संचालित एकिकृत परियोजनावाट सञ्चालन भएका छन् ।

प्रतिक्रिया