राउटेहरुमा भत्ताकै आश

राउटेहरुमा भत्ताकै आश

ज्वाला सन्देश सम्वाददाता
दैलेख – जनताहरु बढी भएकाले मासिक रुपमा सरकारले दिएको भत्ता अपुग भएको भन्दै राउटे मुखीयाहरुले बस्तीमा पुग्ने संचारकर्मीलाई सरकारसंग भत्ता बढाउन खवर गरिदिन माग गरिरहन्छन् । महामुखीया महिनबहादुर शाहीले जंगलमा घुम्ने आफ्ना जनताहरु जंगलमा खानेकुरा पाईन छाडेपछि भत्ता नै प्रमुख कुरा हुन थालेको बताउँछन् । दिईदै आएको मासिक १ हजार रुपैँया भत्ता अपुग हुने महामुखियाले बताए ।

सिगौडीस्थित साईखोलामा रहेको नयाँ राउटे बस्ती
सिगौडीस्थित साईखोलामा रहेको नयाँ राउटे बस्ती
 सिगौडीस्थित साईखोलामा रहेको नयाँ राउटे बस्तीमा वालवालिका
सिगौडीस्थित साईखोलामा रहेको नयाँ राउटे बस्तीमा वालवालिका
 सिगौडीस्थित साईखोलामा रहेको नयाँ राउटे बस्तीमा वालिका धान कुट्दै
सिगौडीस्थित साईखोलामा रहेको नयाँ राउटे बस्तीमा वालिका धान कुट्दै
 सिगौडीस्थित साईखोलामा रहेको नयाँ राउटे बस्तीमा वालवालिका
सिगौडीस्थित साईखोलामा रहेको नयाँ राउटे बस्तीमा वालवालिका

दैलेखको सिगौडीस्थित साई खोलामा बस्दै आएका राउटेहरु जंगलमा काठहरु पनि कम मात्रामा पाईने भएकाले काठका सामाग्री विक्रिबाट हुने आम्दानी पनि हुन छाडेकोमा दुखी छन् । पोषिलो खानेकुराहरु नखाने राउटेका धेरैजसो बच्चाहरुमा कुपोषित छन् । उपचार नहुँदा कतिपय राउटे बच्चाहरु पोलिएका तथा चोटले थलिएका समेत छन् । उनीहरुको उपचार नगरिदाँ घाउमा संक्रमण बढेको छ । साना बच्चादेखी वृद्धासम्म सवैले जाँड र रक्सीको कुलद नै परिसकेका छन् । महामुखिया महिनबहादुर शाही भन्छन् ः विगतमा विरलै रक्सी खाले हाम्रो समुदाय अहिले सवैले खान्छन् । राउटे विगतमा जडिबुटीपूर्ण खाना खाने गर्दर्थे उनीहरुको स्वास्थ्य मजबुध थियो तर, अहिले खानपानदेखी आनीवानी सवै परिवर्तन भएकाले मृत्युदर झनझन घट्दै गरेको पत्रकार प्रकाश अधिकारी बताउँछन् ।

भत्तापाएपछि के गर्छन् राउटे ?

दाताले पैसा र सरकारले भत्ता दिएपछि के गछौं ? पत्रकारहरुसंग राउटेहरुले एउटै जवाफ दिन्छन् łखसी किन्छौं रक्सी किन्छौं । उनीहरुका मुिखयाहरु पनि अरु राउटेहरुको जवाफ जस्तै स्विर्काछन łजनताले रुचाउँछ नकिनेर के गर्ने त ? मुखियाहरुले उल्टै प्रश्न तेस्र्राउछन् । केही पैसाले चामल लाने राउटेहरु अरु पैसाले अचेल रक्सी राउटेका बालबच्चा र महिलाहरुले पनि खुबै रुचाउने गर्छन । भत्ता बुझेपछि स्थानीय बजारहरुमा स्थानीय र बोतलको दुवै खाले रक्सी पिउँने उनीहरु नभएका बेला बस्तीमै चामलबाट जाँड बनाएर विहानैदैखी खाने गर्दछन् । उनीहरु भत्ता होस या अन्य स्रोतबाट आएको पैसाले चुरोट, सुर्ती, श्यामबहार लगायतका गुटखा खाने बानी लतकै रुपमा बसीसकेको छ ।
त्यस्तै राउटेहरुको आनीबानीे नजिकबाट अध्ययन गरिरहेका स्थानीयबासिन्दा एवं व्यापारीहरुका अनुसार फोटा खिच्न,भेट्न आउने आगन्तुकहरुले बढिजसो चुरोट,सुर्ती श्यामबहार बोतल रक्सी लगायतका सामानहरु किनीदिने गर्छन् । जसबाट उनीहरु मदिरा र ध्रुमपानजन्य पर्दाथका नसालु भएको सर्वसाधारणले अनुमान गरेका छन । आगन्तुकलाई सितीमिती फोटो खिच्न र बस्तिमा प्रवेश गर्न नदिने राउटेहरु अचेल पैसा पाईने आशामा फोटो खिच्न र बस्तिमा प्रवेश गर्न अनुमती दिने समेत गर्छन् ।
बस्तीमा समेत राज गर्ने आकान्छाले एउटै मुखिया र अर्को सहायक मुखिया हुने परम्परा तोड्दै उनीहरु पछिल्लो समय विभाजित हुँदै मिसिदै गरेका छन् । दुई पटक बस्ती नै विभाजन भयो । दशैतिहारमा एकै ठाँउमा छ । राउटेहरुमा मुखिया नै सवथोक मानिने भएकाले उनीहरुले जात अनुसारको मुखिया विभाजन भएका छन् । ३ थर रहेको राउटे जातीमा अहिले १ मुखीयाबाट विभाजन भएर महामुखीया सहित ५ जना मुखीया छन् । ४ वर्षपहिला मुखिया महिनबहादुर शाही र सहायक मुखिया ऐनबहादुर शाही दुई समुहमा विभाजन भएर नेतृत्व लिन थालेदेखी फुटले चर्को रुप लियो । अहिले त्यसकै कारण ४ मुखीया भएर आफ्नो समुहको नेतृत्व गरिरहेका छन् । राउटे मुखियाहरुमा महामुखिया महिनबहादुर शाही सहित ४ मुखिया छन् ।

प्रतिक्रिया