सीमांकनमा सम्झौता हुँदैन् ः नेपाल

सीमांकनमा सम्झौता हुँदैन् ः नेपाल

ज्वाला सन्देश सम्वाददाता
दैलेख, मंसिर १– ं एमाले वरिष्ठ नेता एव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेशवादीले माग सम्वोधन गर्न सीमांकनमा सम्झौता नहुने बताएका छन् । तराई एक प्रदेश हुनै नसक्ने उद्घोष गर्दै नेपालले मधेशवादी दललाई लचिलो भएमा राजनीतिक सहमति र संवैधानिक प्रक्रियाभित्र रहेरमात्र समाधान खोजीने बताएका हुन् ।

पत्रकार सम्मेलनमा एमालेका बरिष्ठ नेता माधव नेपाल
पत्रकार सम्मेलनमा एमालेका बरिष्ठ नेता माधव नेपाल

मंगलवार दैलेख सदरमुकाममा पे्रस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा नेपालले जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र कायम गर्नुपर्ने बताए । łमधेशका उत्पीडित जनता, समुदायलाई राज्यका विभिन्न निकायमा समावेशी प्रतिनिधित्वका लागि लागि सुनिश्चित गरौं । “नेता नेपालले भने, मधेश र पहाडलाई अलग गरेर राज्य विभाजन गर्नै हुदैन । राष्ट्रहितका लागि मधेशवादी दल गम्भीर हुनुपर्छ ।” उनले पत्रकार सम्मेलनमा मधेशमा संविधानबारे अपबाह फैलाइएकाले विभिन्न भाषाभाषीमा संविधान छापेर मधेशी जनतालाई अध्ययन गर्न दिनुपर्ने सुझाव दिए । संविधान जनतालाई पढ्न दियौं । नेपाली जनताले आफ्नो संविधान आफै बनाएकोमा भारतले अघोषित नाकाबन्दी गरेर दण्ड दिएको बताए । सरकारले नाकाबन्दीको वैकल्पिक व्यवस्था गरेकाले धैर्य हुन जनतालाई आग्रह गरे ।
भारतसंग पनि सम्बध समधुर बनाउनुपनेमा नेता नेपालले जोड् दिएका छन् । भारतीय नेतृत्वलार्ई बुझाउन नसक्दा नाकाबन्दी लम्वीएको उनले बताए । नेपालभित्रको मामिला आन्तरिक मामिला भएकाले बाहिय हस्तक्षेपविरुद्ध नेपाली जनताहरु विरोधमा रहेकाले तत्काल नाकाबन्दी हटाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया