दैनिक खाद्यबस्तुको आफुखुसी मुल्य

दैनिक खाद्यबस्तुको आफुखुसी मुल्य

गोविन्द केसी
दैलेख – ७५ रुपैँया पर्ने खाने तेल अहिले १ सयदेखी १ सय ५० रुपैँयासम्म पर्छ त्यस्तै नुनपनि ३० देखी ४० रुपैँयासम्म पर्छ । कुनै पनि दालको मुल्य छोईसक्नु छैन् । यी प्रतिनिधि मुलक दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धिदर भएपनि सवैजसो सामाग्रीमा मुल्य आकाशिएको छ । यहाँ खुलेआम दैनिक उपभोग्य खाद्य बस्तुमा दोब्वरसम्म पैसा असुलिने गरेको उपभोक्ताहरुले गुनासो गरेका हुन् ।
सस्तो मूल्य हालेर पुरानो स्टक दैनिक खाद्यबस्तुको मुल्य अहिले दैलेख बजारमा खाईनसक्नु भएपछि उपभोक्ताले खुलेआम विरोध गर्न थालेका छन् । “पुरानो सामानहरु लुकाएर अहिले ग्राहकको ढाड सेक्ने काम भईरहेको छ ।” ‘दैलेख सदरमुकामका उपभोक्ता बमबहादुर रावतले भने, बजारमा कुनै पनि चिज किनिसक्नु छैन् ।’ बमबहादुर जस्तै माया सेन्चुरी तरकारीदेखी दैनिक खाद्यान्न छोईनसक्नु भएको बताउँछिन् । łबाहिरबाट आयात भएको सामाग्री त छोईनसक्नु भएको थियो । “मायाले भनिन् सदरमुकाम आसपासबाट ल्याईएका तरकारी समेत दोब्वर मुल्य तोकेर विक्रि भईरहेको छ ।”
सदरमुकाममा हरेक बस्तुको मुल्य आकाशिएपछि कम आर्यश्रोत हुनेहरु नकिनेरै फिर्ता हुने गरेको दैलेख बजारमा ब्यापार गरिरहेका पुण्यप्रसाद रुपाखेतीले बताए । बजारमा सवै सामान मूल्य बढेकाले ग्राहकलाई कसरी विक्रि गर्ने गर्ने चिन्ता रहेको नारायण –९ का खुद्रा ब्यापारी जितबहादुर सुनारले बताए । łगाँउमा सानोतिनो खुद्रा ब्यापार भएकाले सदरमुकामबाटै लग्छु ।’ ब्यापारी सुनारले भने, यसपाली मुल्य सोचेभन्दा दोब्वर छ ।’ हामीजस्ता साना ब्यापारी पनि मर्कामै छौ । उद्योग बाणिज्य संघ दैलेखका महासचिव नरेन्द्र थापाले संघको पुरानै निर्धारण भएको मुल्य लागु हुने बताए । łआफुखुसी मुल्य बढाएर विक्रि गर्न मिल्दैन् । ‘महासचिव थापाले भने, संघले आधिकारिक रुपमा मुल्य बढाउनुपर्ने भएमा बैठक बसालेर निर्धारण गरी मुल्यसुची सार्वजनिक गर्छ ।’ बजारमा मनपरी मुल्य निर्धारण गरी विक्रिवितरण गरेको पाईएमा कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरले बताए ।

प्रतिक्रिया