विद्यालयमा लैङ्गिक समानता तथा सामाजिक समावेशि मैत्री हुन जरुली – नेपाली

विद्यालयमा लैङ्गिक समानता तथा सामाजिक समावेशि मैत्री हुन जरुली – नेपाली

ज्वाला सन्देश सम्वाददाता
दैलेख कार्तिक २, विद्यालयलाई लैंङ्गिक समानता तथा सामाजिक समावेशी मैत्री वनाउनु जरुरी भएकोछ । आज विद्यालयका जेसी फोकल शिक्षकहरुका लागि लैङ्गिक समानता र सामाजिक समावेशिकरण तालिमको समापन समारोहमा प्रमुख अतिथी निमित स्थानीय विकास अधिकारी वालाराम नेपालीले सो कुरा वताउनु भयो । साथै उहाँले थप्नु भयो “वालवालिका भविष्यका कर्णधार हुन उनिहरुको सार्वोतम हित नै हामी सवैको हित हो त्यसैले पछाडी पारिएका वालवालिकालाई विद्यालयमा ल्याउने र टिकाउनु नै आजको आवस्यकता भएकोले सम्र्पुणको ध्यान यस तर्फ जानु पर्ने देखिन्छ ।”

लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तालिमकोे समापन गर्दै सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापा
लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तालिमकोे समापन गर्दै सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापा
लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तालिमकोे समापन समारोहमा वोल्दै प्रमुख अतिथी निमित स्थानीय विकास अधिकारी वालराम नेपाली
लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तालिमकोे समापन समारोहमा वोल्दै प्रमुख अतिथी निमित स्थानीय विकास अधिकारी वालराम नेपाली
लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तालिमकोे समापन समारोहमा वोल्दै आत्माराम भट्टराई
लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तालिमकोे समापन समारोहमा वोल्दै आत्माराम भट्टराई
लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तालिमका सहभागिहरु
लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तालिमका सहभागिहरु

विद्यालयमा लैङ्गिकता र सामाजिक समावेशिकरण मैत्री वनाउन र वालवालिकाका कुरा सुन्ने प्रणालीको विकास गरि सिकाई उपलब्धी वढाउने उद्देस्यका साथ विद्यालयका शिक्षकहरुका लागि लैङ्गिकता र सामाजिक समावेशिकरण तालिमको आयोजना गरिएको थियो । तालिममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्ड्रेन संगको साझेदारीतामा संचालित एकिकृत परियोजना लागु भएका १० वटा गाविस राकम कर्णाली, सिगौडी, जम्वुकाँध, चामुण्डा, विशाला, पिलाडी, लालिकाँडा, सेरी, खड्गवाडा र साविक पादुका गाविसका १९ जना शिक्षक शिक्षीकाको सहभागिता रहेको थियो । ३ दिने लैङ्गिकता र सामाजिक समावेशिकरण तालीम बाँकेको नेपालगंजमा ३० देखि शुरु भई मंसिर २ सम्म संचालन गरिएको थियो ।
कार्यक्रममा वोल्दै सहभागि भुमिसरा ताम्राकारले हालसम्म जेसीका कुरा अन्य निकायमा मात्र गरिन्थ्यो, विद्यालय क्षेत्र छुटेको थियो अव विद्यालय क्षेत्रमा पनि यसलाई अगाल्न यो तालिम कोशेढुंगा सावित हुनेछ । त्यसै गरि सहभागि मध्येवाट वोल्दै खगेन्द्र विसीले यो तालिमलाई व्यवहारमा उर्तान हामी सवै सहभागि लाग्नु पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा वोल्दै सेभ द चिल्ड्ेनका जिल्ला कार्यक्रम संयोजक आत्माराम भट्टराईले राज्यको निति र ऐन नियममा व्यवस्था भए अनुरुपमा विद्यालयका संरचनालाई प्रभावकारी वनाई सिकाई उपलब्धी वढाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रमलाई समापन गर्दै सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले भन्नु भयो “लैगिकता र सामाजिक समावेशिकरण सम्वन्धि शिक्षकहरुको क्षमता अभिबृद्धि गरि बिद्यालयहरुमा यो सोचाईलाई प्रभावकारी कार्यान्वयन गरि लैङ्गिकता र सामाजिक समावेशिकरण मैत्री बातावरण सृजना गर्ने हो ।” उहाँले थप्नु भयो “अव विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरुलाई विद्यालय स्तरमा यो तालिम संचालन गरि वालवालिकाको गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी वनाउनु पर्नेछ ।” लैङ्गिकता र सामाजिक समावेशिकरण तालिमको सहजीकरण सेभ द चिल्ड्ेनका कार्यक्रम अधिकृत विनु श्रेष्ठ, सोसेकका जेसी सम्पर्क व्यक्ति दुर्गा गिरी र श्रोत व्यक्ति देव कुमार विसीले गर्नु भएको थियो ।

प्रतिक्रिया