पारा सामाजिक कार्यकर्ताको कामको समिक्षा

पारा सामाजिक कार्यकर्ताको कामको समिक्षा

दैलेख, मंसिर ५, जोखिममा भएका वालवालिका पहिचान र सहयोग कार्यक्रम अन्तरगत पारा सामाजिक कार्यकर्ताको कामको आज समिक्षा गरियो । गाउ÷नगर वाल संरक्षण तथा सम्वद्र्धन उपसमितिवाट परिचालित पारा सामाजिक कार्यकर्ताले जोखिममा भएका वालवालिका पहिचान, दर्ता सुधार योजना लगायतका कामहरु गरीएको कामको समिक्षा गरिएको थियो ।

पारा सामाजिक कार्यकर्ता र स्थानीय श्रोत व्यक्तिहरुको कामको समिक्षा
पारा सामाजिक कार्यकर्ता र स्थानीय श्रोत व्यक्तिहरुको कामको समिक्षा
पारा सामाजिक कार्यकर्ता र स्थानीय श्रोत व्यक्तिहरुको कामको समिक्षा
पारा सामाजिक कार्यकर्ता र स्थानीय श्रोत व्यक्तिहरुको कामको समिक्षा

सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीतामा संचालित एकिकृत परियोजनाले दैलेख जिल्लामा शिक्षा, बाल संरक्षण र बाल अधिकार शासनका क्षेत्रमा काम गर्दै आएकोले गाउ÷नगर वाल संरक्षण तथा सम्वद्र्धन उपसमिति मार्फत पारा सामाजिक कार्यकर्ता र संस्थाले स्थानिय श्रोत ब्यक्तिहरु परिचालन गर्दै आएकोछ । ति पारा सामाजिक कार्यकर्ता र स्थानीय श्रोत व्यक्तिहरुका लागि स्थनिय स्तरमा मामिला ब्यवस्थापन सम्वन्धी क्षमता अभिवृद्वि गर्ने उद्घेश्यका साथ पुनर्ताजकी एक दिने अभिमुखिकरण कार्यक्रम संचालन गरिएको थियो ।
एकिकृत परियोजना अन्तर्गत सञ्चालित बिभिन्न कार्यक्रमद्वारा पिछडिएका, सिमाङ्ककृत र जोखिममा रहेका लगायतका वालवालिकाहरु प्रत्यक्ष लाभान्वित भएका र वालवालिकाहरु प्रति हुने दुर व्यवहार कम गर्न सहज भएको कुरा सहभागिहरुले बताउनु भएको थियो
उक्त कार्यक्रममा सेभ द चिल्ड्रेनका जिल्ला कार्यक्रम संयोजक श्री आत्माराम भट्टराई र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संथापक अध्यक्ष श्री हीरासिंह थापाले एकिकृत परियोजना कार्यक्रमका साथै सहभागीहरुको जिम्मेवारीका बारेमा प्रष्ट पार्नुभएको थियो भने सोसेक नेपालका मिल अधिकृत रमेश थापाले मिल अवधारणाका साथै गुनसो सुनुवाई संयन्त्रका बारेमा जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमको सहजिकरण सेभ द चिल्ड्रेन का वाल अधिकार अधिकृत श्री बीनु श्रेष्ठ र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका परियोजना संयोजक श्री रत्न बुढा र फिल्ड अधिकृत श्री बाशुदेव उपाध्यायले गर्नु भएको थियो भने उक्त कार्यक्रममा २१ जनाको सहभागी भएका थियो । कार्यक्रममा आगामी दिनमा पारा सामाजिक कार्यकर्ता र स्थानीय श्रोत व्यक्तिले गर्नु पर्ने कामको कार्य योजना पनि वनाईएको थियो ।

प्रतिक्रिया