आफ्नै जाहेरी खण्डन गर्नेलाई पन्ध्र दिन जेल 

आफ्नै जाहेरी खण्डन गर्नेलाई पन्ध्र दिन जेल 

दैलेख, मंसिर ६ – आफू माथि जवरजस्ती करणी भएको भनी आफैले दिएको जाहेरीको खण्डन गरेकी एक महिलालाई दैलेख जिल्ला अदालतले १५ दिनको जेल सजाय गरेको छ ।
दैलेखको बिन्ध्यवासिनी गाविस वडा नं. ३ का शेरबहादुर शाही माथि ती महिलाले लगाएको जबरजस्ती करणीको आरोप रीसिबीले लगाएको भनी अदालतमा बयान बदलेको भन्दै जिल्ला न्यायाधीश बिश्वमंगल आत्रेयको इजलास आज सो फैसला सुनाइएको हो ।
गएको वैशाख तेश्रो साता प्रहरीमा जाहेरी परेकोमा ४ लुकेकामा २ महिना अघि कारागार थुनामा रहेका शाहीलाई माफी दिने फैसला भएको श्रेष्तेदार गोबिन्द आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया