बालमैत्री व्यवहारका लागि मनोविज्ञान

बालमैत्री व्यवहारका लागि मनोविज्ञान

ज्वाला सन्देश सम्वाददाता
सुर्खेत, ८ मंसिर – मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले बिद्यायलमा बाल मैत्री व्यवहारका लागि उनीहरुलाई प्रोत्साहित गर्न शिक्षकसंग मनोवैज्ञानिक सीप हुनुपर्ने बताउनुभएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सोसेक, बाँके यूनेस्को क्लब, किडार्क, वाक र पीसवीनद्वारा सुर्खेतमा आजदेखि सुरु भएको विद्यालयमा आधारित मनोसामाजिक सहयोग सम्वन्धी ५ दिने प्रशिक्षक तालिमको उद्घाटन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।cyko News (1)
क्षेत्रीय शिक्षा निर्देशक उपाध्यायले बाल मैत्री शिक्षा र किशोर–किशोरीको रेखदेखमा मनोसामाजिक गहिरो सम्वन्ध रहेको उल्लेख गर्दै तालिममा सिकेको सीप व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो । पछिल्लो समय मास हिस्टेरिया समस्या देखिएको औल्याउनुभयो ।
सो कार्यक्रममा सेभ चिल्ड्रेनका दैलेख–कालिकोट जिल्ला कार्यक्रम संयोजक आत्माराम भट्टराईले बिद्यालयमा गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुलाई मनोशिक्षा सहयोग पु¥याउन तालिमको उद्देश्य रहेको बताउनुभयो । गुणस्तरीय सिकाई वातावरणकाका लागि तयार पारिएका २८ सूचक मध्ये मनोसामाजिक सहयोग पनि महत्वपूर्ण अंग भएको उल्लेख गर्नुभयो ।
सामाजिक सेवा केन्द्र (सोसेक)का महासचिव रमा श्रेष्ठको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । विद्यालयमा आधारित मनोसामाजिक सहयोग प्रशिक्षक तालिममा बरिष्ठ चिकित्सा मनोविद् डा. पशुपति महत र विद्यालय मनोविद् मधुबिलास खनालले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षार्थी प्रशिक्षकहरुले तालिमपछि बाजुरा, कालिकोट, बाँके, अछाम र दैलेखमा सामुदायिक विद्यालयका शिक्षकहरुलाई मनोसामाजिक सहयोग तालिम दिनेछन् ।

प्रतिक्रिया