साहुँको ऋणबाट मुक्ती

साहुँको ऋणबाट मुक्ती

ज्वाला सन्देश सम्वाददाता
दैलेख – केही वर्षअघिसम्म साहुको ऋण काटेर गुजारा गर्नुपर्ने सिहासैनका स्थानीयहरु कमाई बढ्न थालेपछि आत्मनिर्भर हुन थालेका छन् । सिहासैन गाविसका धेरैजसो स्थानीयहरुले सानातिना काम गर्दा साहुँको भरपर्नुपर्ने बाध्यता हटेको छ । सवैले कमाईबाट आत्मनिर्भर हुन थालेपछि यहाँका धेरैले विगतमा साँहुको ऋण लिएर गुजारा गर्नुपर्ने बाध्यता हटेको हो ।
कमाईका लागि साहुँको ऋण लिएर भारतमा जानुपर्ने बाध्यता हुने गरेको सिहासैन –६ जंगबहादुर नेपालीको अहिले दिनचार्य नै बदलिएको छ । ७ जनाको परिवार पाल्नका लागि साहुँकै ऋण लिनुपर्ने बाध्यता थियो तर, गाँउमा गठन भएको सामुदायिक संस्थामा बसेपछि सस्तो ब्याचमा ऋण लिएपछि दुखका जिवन भएको हो । सामुदायिक संस्थामा गरीवी निवारण कोषद्धारा संचालित कार्यक्रममा सहभागी भई जंगबहादुर नेपालीले आयआर्जनका लागि ऋण लिई सिलाइकटाई व्यवसायमा लागेपछि भारत जान पनि रोकिनुका साथै घरमै बसेर कमाई हुन थालेपछि उनको जिवनमा परिवर्तन आएको हो । वर्षभरीमा ६ महिना घरधन्दा र ६ महिना रोजगारिका लागी भारतको वागेश्वरमा जाने जंगबहादुरले दैनिक १ सय २० रुपैयाँ ज्यालादारीमा काम गरि घरपरिवार चलाउन धौ धौ पथ्र्यो तर, ब्यवसाय गरेपछि परिवारसंगै आर्यआर्जन गरेको उनले बताए । एकातिर साँहुको व्याज तिर्नुपर्ने भने अर्कोतिर छोराछोरी पढाउनै समस्या झेल्नुपर्ने जंगवहादुरलाई आजभोलि घरपरिवार संचालनमा सहज भएको छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) द्धारा संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत कालिका सामुदायिक संस्थाको सचिव भई ऋण माग गरि पहिलो किस्ता १५ हजार र दोस्रो किस्ता १० हजार गरि जम्मा २५ हजार ऋण लिई गाउंमै सिलाइकटाई व्यवसाय गर्न थालेपछि आर्यआजनको भरपर्दो श्रोत भएको हो । उनको व्यवसायवाट एकातिर गाउंघर छरछिमेकमा सेवा प्रवाह भएको छ भने अर्कोतिर परिवारको आर्थिक श्रोत बाटो पनि बनाएका हुन् । अहिले उनले आफनो व्यवसाय बाटै ५ जना छोराछोरीको पठनपाठनका साथै घरपरिवारको दैनिकी संचालन गरेको बताए । उनले गरिबी निबारणको कार्यक्रमले आफु जस्तै कालीका सामुदायिक संस्थाका सदस्यहरुलाई पनि आत्मनिर्भर बनाउदै लगेको बताए ।

प्रतिक्रिया